१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अडुकिया देशबाहिर, कारखाना छाडेर घरमा छापा !

राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका विवादास्पद व्यापारी राकेशकुमार अडुकिया देशबाहिर गएको आशंका गरिएको छ। करिब सय किलो सुन तस्करीमा मुछिएका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको हो। सुन बरामद भएको एक सातापछि उनको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको थियो। कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन।

हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए। उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ। विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए। ‘उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो। विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो,’ उनले भने ।  

ती व्यापारीले थपे, ‘त्यता भने विभागको टोली पुगेको छैन। साथै उनी भागेपछि मात्रै विभागको टोलीले घरमा छापा मारेको छ।' अडुकिया हाल भारतबाट दुबई हुँदै युरोप पुगिसकेको ती व्यापारीले अनुमान गरेका छन्। तर राजस्वका कर्मचारी भने यो कुरा मान्न तयार छैनन्। ‘हामीले खोजी गरिरहेका छौं। उनका बारेमा थप केही बोल्न सकिँदैन,’ विभागका एक कर्मचारीले भने। नेपालमा रहेका दुई हुन्डी कारोबारी पनि यो सुन प्रकरणमा मुछिएका छन्। तर राजस्वले यो विषयमा कुनै औपचारिक धारणा राखेको छैन। ‘हामी अनुसन्धान गरिरहेका छौं। अनुसन्धान सकिएपछि सबै कुरा खुल्छ,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने।

शंकास्पद व्यापारी अडुकियाले हङकङको काउलिन सहरमा आफ्नो कार्यालय खोलेको र भन्सार विभागले त्यहाँको विवरण मागेपछि उनी हङकङबाट पनि भागेको अनुमान छ। उनी २८ वर्षअघि पनि सुन तस्करीमा लागेको तथ्य खुलेको छ। व्यापारी अडुकिया २०५२ साउन १० गते २ किलो ८८ ग्राम सुनसहित पक्राउ परेको तथ्य भेटिएको छ। ‘राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समिति’को प्रतिवेदनले विभिन्न तस्करको नाम समावेश गरी बुझाएको प्रतिवेदनमा व्यापारी अडुकिया पनि सुन तस्करीमा संलग्न भएको उल्लेख छ।

ती व्यापारीले थपे, ‘त्यता भने विभागको टोली पुगेको छैन। साथै उनी भागेपछि मात्रै विभागको टोलीले घरमा छापा मारेको छ।' अडुकिया हाल भारतबाट दुबई हुँदै युरोप पुगिसकेको ती व्यापारीले अनुमान गरेका छन्। तर राजस्वका कर्मचारी भने यो कुरा मान्न तयार छैनन्।

तत्कालीन संविधान, २०४७ को धारा ६५ बमोजिम राजस्व चुहावट छानबिनसम्बन्धी दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी २०५५ वैशाख २२ गते दुवै सदनबाट प्रस्ताव पारित भएको थियो। उक्त प्रस्तावअनुसार तत्कालीन सांसद परी थापाको संयोजकत्वमा नौ सदस्यीय संयुक्त समिति गठन भएको थियो। समितिमा खगराज अधिकारी (एमाले), डा. गंगाधर लम्साल (नेपाली कांग्रेस), चन्दा शाह (राप्रपा), टंक राई (माले), नारायणमान बिजुक्छे (नेमकिपा), परी थापा (स्वतन्त्र), डा. मोहम्मद मोहसिन (राप्रपा), युवराज ज्ञवाली (एमाले) र रमेश रिजाल (नेपाली कांग्रेस) थिए। आर्थिक वर्ष २०५२÷५३ मा विमानस्थलबाट ७२ किलो ८१२ ग्राम अवैध सुन बरामद भएको सो प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०८० ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App