४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना

सवारी दुर्घटना न्यूनीकरणबारे सचेतना दिँदै ट्राफिक प्रहरी। तस्बीरः गोल्डेन बुढा

ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गरिरहेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो।  

अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा चल्ने साना- ठुला सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले चेकजाँच गर्न थालेको छ। ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कार्बाही मात्र गरेको छैन। उनीहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ।  

सवारी चालक अनुमति पत्र बोक्न, सवारीसाधनको बिलबुक लगायतका कागजात बोकेर हिँड्न,मादक पदार्थ सेवन नगर्न र कम गतिमा सवारीसाधन चलाउनको लागि सडकमै खटिएर ट्राफिक प्रहरी कार्यालय जुम्लाले सचेतना फैलाउँदै आएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक बेल बहादुर बोहराले जानकारी दिए।  

उनले भने, 'सडकमा तीव्र गतिले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढेको छ। तीव्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइदै आएका छौँ। अटेर गर्ने सवारीचालकलाई कार्बाही समेत हुने गरेको छ। पछिल्लो समयमा ट्राफिक सचेतना फैलाउन थालेपछि सवारी दुर्घटना कम हुँदै गएको छ।'

जिल्लाको सदरमुकाम खलंगाका विभिन्न चोकमा ट्राफिक प्रहरी खटिने गरेका छन्। कर्णाली राजमार्गको अन्तर्गतको चन्दननाथ नगरपालिका-७ महतगाउँ,मिचा,खल्लाचौर,पातारासीको -६ कोटाभिर, कनकासुन्दरी -५ गोठिज्युला नाग्मा गमगढी ग्रमिण सडक खण्ड,तिला -१ रारालिही बजार र हिमा-१ नाग्मा  गमगडी सडकखण्डमा नियमित चेकजाँच गर्न थालिएको हो। तीव्र गति जीवनको क्षति, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न, चालकहरुले ३० को गतिमा मात्र सवारीसाधन चलाउनु पर्छ भन्ने बारेमा सिकाउँदै आएको छ।  'चालक संङ्ग १ मिनेट' सचेतनामुलक कार्यक्रम पनि हुन्छ। निरीक्षक बोहोराले सवारी चालक भेला गराएर, सडकमा पुगेर र विभिन्न जनचेतनामुलक भिडियो देखाएर ट्राफिक नियमका बारेमा जनचेततना जगाउने कार्य चलिरहेको बताए ।

प्रकाशित: १३ श्रावण २०८० ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App