७ वैशाख २०८१ शुक्रबार
समाज

माओवादी कार्यकर्ता चढेको बसमा बम प्रहार, पाँच घाइते

नवलपरासी –  नवलपरारीको सुनवल नगरपालिका – २ सोमनाथमा चुनाव प्रचारका लागि हिँडेको बसमा अज्ञात समूहद्वारा बम प्रहार हुँदा ५ जना घाइते भएका छन्। 

माओवादी केन्द्रका कार्यकर्ता चढेको लु १ ख ६७७३ नम्बरको बसमा बम प्रहार भएको हो। बम प्रहारबाट घाइते भएकाहरूको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी विष्णुहरी कोइरालाले बताए। 

घटनास्थल इलाका प्रहरी कार्यालय सुनवलबाट १०० मिटर पूर्वमा रहेको छ । यस अघि पनि चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको  माओवादी केन्द्र कै भ्यानमा अज्ञात समूहले आगजनी गरेको थियो । 

प्रकाशित: ११ असार २०७४ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App