११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मैवाखोलाद्धारा अस्थायी एकिकृत बस्ति बनाउने कार्य सुरु, स्वेच्छिक श्रमदानका लागि आवह्वान

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि अस्थायी एकिकृत बस्ति बनाउने कार्यको सुरुआत गर्दै श्रम शिविरका लागि आवह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ४ ओदक टोलका ६१ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी अस्थायी एकिकृत बस्ति बनाउने कार्य सुरु भएको बताए।

उनले सो एकिकृत बस्ति निर्माणका क्रममा स्वेच्छिक श्रम शिविरमा सहभागिताका लागि उनले आवह्वान समेत गरेका छन् । गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका ओदक क्षेत्रका घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ स्थित अधुरो रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकिकृत बस्ति बनाई स्थानान्तरण गर्ने तयारी गरेको छ। 

सोहि अनुरुप गाउँपालिकाले बस्ति बनाउने कार्य सुरु भएको भन्दै सो कार्यका क्रममा स्वेच्छिक जनश्रमदानका लागि सार्वजनिक आवह्वान गरेको हो। मनसुन समय कायम रहेको र ओदक क्षेत्रका घरहरु पहिरोका कारण उच्च जोखिममा रहेकोले तत्कालका लागि एकिकृत बस्ति बनाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने सर्बपक्षिय निश्कर्षका आधारमा पालिकाले एकिकृत बस्ति बनाउने कार्य सुरु गरेको छ। पालिका अध्यक्ष वनेमले अस्थायी एकिकृत बस्तिलाई दीर्घकालिन रुपमा स्थानान्तरण गरी जोखिम प्रभावित घरपरिवारलाई थप स्थानान्तरण गरिने जानकारी दिए। गत असार २ गते राति आएको पहिरोका कारण ओदक क्षेत्रका घर तथा बस्तिहरु उच्च जोखिममा छन्। गाउँपालिकाले अस्थायी एकिकृत बस्तिका निर्माणमा स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने भएको छ। पालिकाले बस्ति निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ र श्रमदान स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ। 

प्रकाशित: ९ श्रावण २०८० ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App