२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काजमा रहेका वीरका कर्मचारीलाई आफ्नै कार्यक्षेत्रमा जान निर्देशन

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा काजमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई तोकेको दरबन्दी क्षेत्रमा पठाउनकोे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा निर्देशन पत्र पठाएको छ।  

यसअघि नै निर्देशन दिइसकेको र सोअनुसार पालना नभएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार पनि निर्देशन दिएको मन्त्रालयका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले बताए।  

वीर अस्पतालमा लामो समयदेखि स्वास्थ्यकर्मीसहित ७३ जना कर्मचारीहरू काजमा रहेका छन्। उनीहरू मध्ये धेरैजसो स्थानीय तथा प्रदेश तहमा समायोजन या दरबन्दीमा परेका हुन्। मन्त्रालयले दुई साताअघि नै आफ्नो कार्यक्षेत्रमा फर्किन र साउनदेखि हाजिर नगराउन निर्देशन दिए पनि अनेक बहानामा आफ्नो क्षेत्र नफर्केपछि पुनः निर्देशन दिएको पे्रस सल्लाहाकार दुलालले बताए।  

वीर अस्पतालमा लामो समयदेखि स्वास्थ्यकर्मीसहित ७३ जना कर्मचारीहरू काजमा रहेका छन्। उनीहरू मध्ये धेरैजसो स्थानीय तथा प्रदेश तहमा समायोजन या दरबन्दीमा परेका हुन्।

मन्त्रालयको निर्णयअनुसार समायोजनका कर्मचारी सम्बन्धित क्षेत्रमै जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार आधिकारीले बताए। ‘तर स्थानीय तह वा प्रदेशमा समायोजन भएको कर्मचारीलाई दरबन्दी भएको क्षेत्रमै जानुपर्छ,’ उनले भने।  

निर्देशनपछि केही दुई-चारजना कर्मचारीले दरबन्दी क्षेत्रमा जानको लागि रमाना बुझिसकेको र रमाना नबुझेकालाई हाजिर नगराएको वीर अस्पतालका उपसचिव सागर मिश्रले बताए। ‘अब हाजिर गराउँदैनाै, आफ्नो दरबन्दीको क्षेत्रमा हाजिर गर्नेगरी प्रक्रिया अघि बढेको छ,’ उपसचिव मिश्रले भने।  

उनीहरूमध्येमा केही संघीय तहको दरबन्दीमा रहेको र कतिपय स्थानीय र प्रदेश तहको दरबन्दीमा रहेका छन्। दुर्गममा जान नचाहेको र वीरमा हाजिरको भरमा तलबभत्ता खान पाइने भएकोले लामो समयदेखि काजमा बस्दै आएको वीर अस्पताल स्रोतले जनाएको छ।  

उनीहरू विभिन्न समयमा स्वास्थ्य मन्त्रीहरूको निर्देशनमा काजमा आएको र कामै नगरी हाजिरको भरमा तलबभत्ता पाइने भएकोले वीर छोड्न नचाहने गरेको वीरको एक स्वास्थ्यकर्मीले बताए। उनको अनुसार यसरी वीरमा हाजिर गरेर तलबभत्ता खाने तर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मीसमेत रहेको उनले बताए। उनीहरू वीरमा हाजिर गरेपछि निजी स्वास्थ्य संस्थाहरूमा बढी समय काम गरेर दुईतिर जागिर खानसमेत सफल भएको अस्पतालको स्रोतले जनाएको छ। 

प्रकाशित: ८ श्रावण २०८० ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App