१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आज साँझ उपत्यका आसपासमा भारी वर्षा

आज साँझ साढे ५ बजेतिर बजे उपत्यका आसपास(नगरकोट,बुढानीलकण्ठ,ककनी,धादिङ धुनी बेसी) लगायतका स्थानमा भारी वर्षा भएको छ।भारी वर्षाका कारण  विष्णुमती नदी गोङ्गबुमा जलसतह बढेको छ। विष्णुमती, मनोहरा, बल्खु खोला लगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

आज सबै प्रदेशका पहाडी भूभागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका जस्ता प्रकोपको र हावा हुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखोले अनुरोध गरेको छ ।  

प्रकाशित: ७ श्रावण २०८० १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App