४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी आरोपमा २ पक्राउ

विराटनगरमा मोटरसाइलक चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका २५ वर्षीय मो. कमरुदिन र इटहरी–१४ खनारकै २२ वर्षीय मो. शम्सेर पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। उनीहरुलाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

मोरङ धनपालथान गाउँपालिका–२ का प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको मोटरसाइकल विराटनगर महानगरपालिका–२ राधाकृष्ण मन्दिर आगाडिबाट बुधबार चोरी भएको थियो।

चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ परेका हुन्। पक्राउ परेका २ जनाविरुद्ध चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०८० १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App