दैलेख – कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका – ४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
साँगुरो र घुमाउँरो सडकमा बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीयले नदीबाट ११ जनाको शव निकालेका छन् । शव निकालिएकाहरुमध्ये ७ जना पुरुष, ३ जना महिला र १ जना बालक रहेको स्थानीय खगेन्द्र शाहीले जानकारी दिए । प्रहरीले दुर्घटनामा मृत्यु भएकाहरुको विवरण नखुलेको जनाएको छ।
बस पूर्णरुपले नदीमा डुवेकोले कति यात्रु चढेका थिए एकिन नभएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार कर्णाली राजमार्गअन्र्तगत खिड्कीज्यूलामा सडकदेखी बस तल खसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बस दुर्घटनामा उद्धारका लागि प्रहरी पठाएको बताए । उनले घटनालगत्तै स्थानीयहरुले उद्धारका लागि सहयोग गरेको जानकारी दिए ।
घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् ।
प्रकाशित: ३१ जेष्ठ २०७४ ११:०३ बुधबार