२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मक्कामदिनाबाट स्वदेश फर्किए हज यात्री

नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हज यात्री स्वदेश फर्किएका छन्।

आज बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्।यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए।मक्का मदिनामा हज यात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन्।स्वदेश फर्किएका हजयात्रीहरुले हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे।उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरूले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे ।

त्यसैगरी एक हज यात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताए।उनले नेपालबाट गएका हजयात्रीहरु हराउँदा समेत नेपालबाट गएका हज प्रतिनिधिहरू खोज्नसमेत नगएको व्यक्त गरे।उनले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गरे।

उनले हज यात्रामा नेपालको प्रतिनिधि भई गएका हज कमिटीका प्रतिनिधिहरूले नेपालको बदनाम गरेकाले सबै दोषीहरूलाई कारबाही गर्न माग गरे।

प्रकाशित: ३ श्रावण २०८० ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App