२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्रमा बढुवा हुन सुरू

फाइल तस्वीर

सशस्त्र प्रहरीमा १५ वर्षदेखि बढुवा हुन नसकेका प्रहरी कर्मचारीको बढुवा हुने भएको हो। गृह मन्त्रालयले सशस्त्र प्रहरीमा कार्यरत अधिकृतदेखि जवनाहरूको बढुवाका कारण वृत्तिविकासमा असर परेको भन्दै बढुवा खुलाउन अनुमति दिएपछि इन्स्पेक्टरबाट डिएसपीमा १७ वर्षदेखिबढुवामा रोकिएकाहरू सबै बढुवा हुने भएका छन्।

आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेर बढुवा तयारी गरेको हो। ‘बढुवाको सूचना प्रकासित भएको छ, धेरै जसो बढुवा हुन्छन्,’ सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने।

उनका अनुसार सशस्त्र प्रहरी सेवा साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकैपटक सूचना प्रकाशित गरिएको छ।

आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेर बढुवा तयारी गरेको हो।

यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियारिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुको लागि सूचना प्रकाशित गरिएको छ। यसैगरी आइतबार नै लेखा उपसमूहतर्फ ५ जना र कानुन उपउपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ।

आइतबार नै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफरिस गरिएको छ। बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सिसं ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुने छ।

खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री र गृहमन्त्रीसमेत यसमा सकारात्मक भएपछि एकैपटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया सुरु भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकैपटक बढुवासमेत हुन लागेको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भएका छन्।

आइतबार नै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफरिस गरिएको छ। बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सिसं ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुने छ।

यस्तै ३१ सयभन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करीव १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ। लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा आइतबार प्रकाशित सूचनाबाट कर्मचारीहरूमा रहेको निराशा समेत हटेर जाने सशस्त्र प्रहरीले अपेक्षा गरेको छ।

प्रकाशित: १ श्रावण २०८० ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App