२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आजदेखि जनकपुरधाम–जयनगर रेल महोत्तरीको भंगहासम्म चल्ने

जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आइतबारदेखि विस्तार भएको छ। भारतको जयनगरदेखि जनकपुरधाम कुर्था हुँदै महोत्तरीको भंगहा चल्ने भएको छ।

यसअघि जनकपुरधाम देखि जयनगर सम्म ३४ किलो मिटरमा सेवा दिइरहेको रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुगेको महाप्रवन्धक झाले जनाए।

उनका अनुसार नेपाल रेल्वे कम्पनीले सेवा बिस्तारका लागि महोत्तरीको भंगहामा कार्यक्रमको आयोजना गरिएको छ। कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्ने छन्।

यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो। रेल्वे विजलपुरासम्म सञ्चालनमा आउनेभएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए।

अब महोत्तरीको विजलपुरावाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ। जयनगर हुँदै जनकपुरधामवाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ। यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो।

प्रकाशित: ३१ असार २०८० ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App