४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेश जानबाट रोक्न युवालाई प्रहरी तालिम

कोशी गाउँपालिकाले आयोजना गरेको तालिममा सहभागी युवायुवती। तस्बिर: नागरिक

समाजसँग नजिकको सम्पर्कमा रही आपराधिक प्रवृत्तिका व्यक्तिको क्रियाकलाप र गतिविधि नियन्त्रण गर्ने काम नेपाल प्रहरीले गर्दै आएको छ। प्राकृतिक प्रकोपका बेला उद्धार तथा सेवा गर्नेदेखि सीमा सुरक्षाको जिम्मेवारी मुख्य रूपमा सशस्त्र प्रहरीले सम्हाल्दै आएको छ। यही क्रममा विदेश जानबाट रोक्न सुरक्षा निकायमध्ये जनपथ प्रहरी र सशस्त्र प्रहरी बन्ने चाहना राखेका युवायुवतीलाई सुनसरीको कोशी गाउँपालिकाले एक महिने प्रशिक्षण सञ्चालन गरेको छ।

पछिल्लो समय कक्षा १२ अध्ययन पूरा गरेर धेरैजसो उच्च शिक्षा अध्ययन गर्न धेरै लगानी गरेर विदेश जाने होडबाजी चलिरहेको छ। यस्तो बेला कोशी गाउँपालिका क्षेत्रमा आर्थिक अवस्था मध्यम र कमजोर भएका परिवारका छोराछोरीमा पनि विदेश जाने क्रम बढ्न थालेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन चाहनेलाई तालिम सञ्चालन गरिएको हो। गाउँपालिकाले आफ्नै लगानीमा ५८ युवायुवतीलाई तालिम प्रदान गरेको हो।

समाजसँग नजिकको सम्पर्कमा रही आपराधिक प्रवृत्तिका व्यक्तिको क्रियाकलाप र गतिविधि नियन्त्रण गर्ने काम नेपाल प्रहरीले गर्दै आएको छ।

‘विदेश जाने लहर चलेपछि मध्यम र आर्थिक अवस्था दयनीय भएकाले पैसा निकाल्ने उपाय छैन, बरु उनीहरूलाई नेपालमै सर्वसाधारण नागरिकको सुरक्षा गर्नका लागि प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन चाहना राख्नेलाई तालिम दिइएको हो,’ कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले भने। उनका अनुसार विदेश जानबाट रोक्ने उपायस्वरूप सधैं सर्वसाधारण नागरिककै निकटतम सम्पर्कमा रही कार्य गर्न खटिने प्रहरीमा भर्ना हुन आकर्षित गर्न तालिम प्रदान गरिएको हो।

यस खाले तालिमले आगामी दिनमा प्रहरीमा पनि शारीरिक, मानसिक एवम् शैक्षिक दृष्टिकोणले सक्षम र योग्य देखिएका व्यक्तिलाई बेलैदेखि ज्ञान प्राप्त हुनेछ। ‘तालिममा शारीरिक तन्दुरुस्ती, बोलिवचन र व्यवहारजस्ता कुरा सिकाइएको छ,’ अध्यक्ष अन्सारीले भने। कोशी गाउँपालिकाको सहयोगमा स्थानीय सामाजिक जीवन केन्द्र नेपालको आयोजानमा तालिमको भएको हो।

शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधको तथ्यपरक अनुसन्धान गर्न नेपाल प्रहरीले भूमिका निर्वाह गर्दै आएको छ। साथै, सशस्त्र प्रहरीले प्राकृतिक प्रकोपको अवस्थामा सर्वसाधारणको उद्धार र सेवा गर्ने काम गर्दै आएको छ। 

प्रकाशित: २४ असार २०८० ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App