२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।

पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ।महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो।आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो। कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए। काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकहरूले उनीहरूलाई प्रशिक्षण दिएका थिए। 

कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगी लगायतले प्रशिक्षणका सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे। तालिमबाट छात्राहरूले आत्मरक्षाको ज्ञान सक्न पाएकोमा खुसी लागेको बताए। 

प्रकाशित: २३ असार २०८० १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App