१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने अतिक्रमित संरचना हटाउन थालेको छ।

शनिबारदेखि बिन्दबासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वा भाठ्ठामा सन्तु मियाँको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए।

बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा पालिकाले डोजर लगाएको हो । बिन्दबासिनी गाउँपालिकाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो त्यसपछि पालिकाले डोजर लाग्दा सम्पूर्ण गाउँवासीहरूको सहमति गरी १५ दिनको समय लिएका थिए हिजो १५ दिने समय वित्नसाथ आज पालिकाले डोजर चलाएको हो। 

तर हालसम्म ७० प्रतिशत व्यक्तिहरूले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएपछि मात्र बाँकी रहेको ३० प्रतिशत घरमा पालिकाले डोजर प्रयोग गरी आफैं सरचना हटाउन सुरु गरेको अध्यक्ष तिवारीले बताए।

पहिलो चरणमा लगभग २ किलोमिटर लामो दूरीमा परेको घरहरूमा डोजर लगाई बाटो खाली गरिएको,‘ उनले भने।

प्रकाशित: १७ असार २०८० ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App