१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

कालीकोट – टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन्। 

जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा सोमबार बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताए । 

सञ्चार विच्छेद भएर दुई गाउँपालिकाको अवस्था बुझ्न नसकिएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटको सञ्चार सेटबाट पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताइएको छ । जिप्रकाका प्रहरी हवल्दार धर्मेन्द्र शाहीले त्यस क्षेत्रबाट यता सम्पर्क गरेमा हुने तर यताबाट सम्भव नभएको बताएका छन् । जिल्लाका अन्य क्षेत्रमा मतगणना सुस्त गतिमा भइरहेको बताइएको छ । 

कालीकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटामा मतगणना कार्य स्थगित भएको छ । कालिका गाउँपालिकाको बालाचौर मतदान केन्द्र, भर्तामा पार्टीहरुमा विवाद भएपछि स्थगित भएको मतदानमा पुनः जेठ ४ गते गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय, कालीकोटले जनाएको थियो । 

सो गाउँपालिकाको मतदान केन्द्रमा ८३२ मतदातामध्ये ४३० मत खसेपछि स्थगित भएको थियो । सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार ९८ मत खसेको थियो । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर शाही १० हजार ७३३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोरखबहादुर केसीले १० हजार ३९ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका होइजा बुढा गिरीले १० हजार ४९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पशुविना बमले १० हजार ४१ मत प्राप्त गरेका छन्। 

जिल्लाका तिलागुफा नगरपालिकामा काँग्रेसका शङ्कर उपाध्यायको अग्रता कायम रहेको छ । रास्कोट नगरपालिकामा काँग्रेसका दानबहादुर बमको अग्रता छ भने खाँडाचक्र नगरपालिकामा नेकपा एमालेका जसीप्रसाद पाण्डेको अग्रता छ । रासस 

प्रकाशित: २ जेष्ठ २०७४ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App