४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच पाण्डवले निर्माण गरेको जउले धारा संरक्षण गर्दै भु तथा जलाधार कार्यालय

पाण्डवहरूले निर्माण गरेको धाराको तस्बिरहरु गोल्डेन बुढा जुम्ला ।

पानीका मूलसँगै जुम्लामा ग्रामीण क्षेत्रमा खोलानाला, ताल, पोखरी लगायत पानीका स्रोत लोप हुँदै गएका छन्। जुम्ला क्षेत्रका ग्रामीण बासिन्दाहरूका लागि बस्ती वरपर रहेका मूल नै पानीका मुख्य स्रोत र जीविकोपार्जनका आधार हुन्।

यस्तै जुम्लाको गुठीचौर गाउँपालिका-२मा अवस्थित भेडा बाख्रा अनुसन्धान केन्द्र नजिकै पुरानो ढुंगे धारा थियो। त्यो धाराको नाम देवल धाराले परिचित थियो। उक्त धाराको पानी भेडा बाख्रा अनुसन्धान केन्द्रका कर्मचारीले नियमितरूपमा उपयोग देखि नुहाउने गर्थे,त्यो पानी हिउँदको समयमा निकै तातो र वर्षाको सिजनमा चिसो हुने गुण थियो।  

जुम्लादेखि डोल्पा जाने पर्यटक र स्थानीयले पनि बाटोमैको ढुंगे धाराको पानी खाने रण् विश्राम लिन्थे। तर पछिल्लो समय स्थानीय सरकारको आगमन भएपछि गाउँ( गाउँमा डोजरे विकास पुर्‍याउने नाममा जथाभावी सडक खन्ने काम शुरुआत भयो। निकै परिचित रहेको देवल धारा पुरियो।  

धारामा पाँच भाइ पाण्डका तस्बिरहरू पनि छन्। त्यो देवल धाराको निर्माणबारे एउटा किंवदन्ती छ। पाँच भाइ पाण्डव एक हप्ता यहाँ बसेर त्यो धारा निर्माण गरी पानी खाएको किंवदन्ती रहेको गुठिचौर (२ का ७६ वर्षका स्थानीय कृष्णबहादुर बुढा बताउँछन्। उनले भने,'त्यो धारा भएको ठाउँमा धान नपाक्ने भएकाले पाँच भाइ पाण्डव एक हप्ता भित्र सिंजाको पाण्डवगुफा गएको भन्ने जनश्रुति छ।'

यो धारा भएको ठाउँमा एउटा देवल पनि छ र केही ढुङगामा कुँदिएका चित्र पनि देखिन्छन्। आजभोलि पनि १ सय ३५ घरधुरीका उपभोक्ताले प्रयोग स्रोत बनेको छ। भू( तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले त्यो पानीको मुहान संरक्षणका लागि लगानी गरेको छ। जउले धारा पानी मुहान संरक्षण गुठीचौर (२ जुम्ला नामक आयोजना मार्फत काम गरिएको आयोजनाका अध्यक्ष राजु बोहोराले बताए।

भू तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाका प्रमुख हिमालय साउदका अनुसार जउलेधारा पानीको मुहान संरक्षणका लागि १८ लाख ७७ हजार ४ सय ५० रुपैयाँ लागत रहेको छ। यस कार्यालयले १४ लाख ४० हजार योजना खर्च गर्नेछ। जलाधार व्यवस्थापन महत्वपूर्ण छ, यसतर्फ सबैको ध्यान जान जरुरी छ। जल, जमिन रहे पो वनजंगल रहन्छ, वन्यजन्तु रहन्छ, कृषियोग्य भूमि रहन्छ र मानिसको अस्तित्व रहन्छ।

जउलेधारा निर्माण गर्दा सबै स्थानीय स्रोत साधन प्रयोग गरिएको छ। वरिपरि ग्यामिन हालि घेराबार गरिएको आयोजनाका सचिव दलबहादुर बुढाले बताए। पुराना जस्ता ऐतिहासिक ढुंगेधारा निर्माण  गरिएको छ। धारामा सिमेन्ट प्रयोग नगरिएको उनले बताए।  

खानेपानी आपूर्तिका लागि अपरिहार्य विकल्प का रूपमा सञ्चालित त्यस्ता आयोजनामा प्रयुक्त प्रविधि मूल सुकाउने मुख्य कारक पनि बन्न थालेको पाइन्छ। तसर्थ, मुहानलाई जोगाउँदै पानीको मात्रा बढाउन र मुहान बचाउन पानीका मुहान तथा मूलाधार संरक्षणसम्बन्धी प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता छ।

हाम्रो समुदाय खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन्। यी पानीका स्रोतमात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन्।

केही दिन यता देखि मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो रहेको उक्त आयोजनाका कोषाध्क्ष गंगा बोहोराले बताए। उनले यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार रहेको बताए। पानी हाम्रो इतिहाससँग जोडिएको भएकाले बाढीपहिरोले ढाकिएको पानीको मुहान पुनःनिर्माण गरिएको हो।जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि र तिनीहरुबाट सिर्जित बाढीपहिरो, खडेरी र भूकम्प आदि मुहान सुकाउने मुख्य प्राकृतिक कारण भएकाले यसलाई मध्यनजर गर्दै भू तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लमा पानीका मूल सुक्ने समस्या गम्भीर रुपमा देखिएकाले पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम बाढी पहिरोको जोखिम रहेका ठाउँमा तटबन्ध गर्दै आएको छ।

प्रकाशित: १५ असार २०८० ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App