कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ।
मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ। त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ।
पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए।
प्रकाशित: ३ असार २०८३ १३:१४ बुधबार





