१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ: सभामुख घिमिरे

फाइल तस्वीर

सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्।

इद उल अजहा (बकर इद)को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरे। उनले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गरेका छन्।

त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनले विश्वास दिएका छन्।

‘मुस्लिम दर्शन अनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामी बीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो’, शुभकामना सन्देशमा भनिएको छ।

प्रकाशित: १४ असार २०८० ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App