१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा लागू औषध फैलँदै

क्याप्शन

कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीमा १ हजार ८ सय ११ जना लागू औषध सेवनकर्ता रहेको जनाएको छ। प्रदेश प्रहरी कार्यालयले गरेको एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। प्रदेश प्रहरी प्रमुख डिआइजी भिमप्रसाद ढकालले हरेक वर्ष कर्णालीमा लागू औषध कारोबारी तथा सेवनकर्ताहरूको संख्या बढ्दै गएको जानकारी दिए।

आर्थिक वर्ष ०७६/०७७ मा १ सय ६ पुरुष, ७ महिला, ०७७/७८ मा १ सय ६४ पुरुष र ८ महिला र चालु आर्थिक वर्षको हालसम्म कर्णालीमा १ सय ५० जना पुरुष र १३ जना महिला लागु औषध कारोबार तथा सेवनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

यातायात पुगेसँगै कर्णालीमा लागू औषधको कारोबारी पुग्ने गरेको प्रहरीको ठम्याई छ। यातायात पुगेसँगै नयाँ ठाउँमा पनि लागू औषधको कारोबार बढ्दै गइरहेको कर्णाली प्रदेश  प्रहरी  प्रमुख ढकालले बताए।

लागू औषध सेवनमा ६ जना पक्राउ 

पछिल्लो २४ घण्टामा प्रहरीले अवैध लागू औषध र लागू औषध सेवन गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले सुर्खेतबाट एक जना र जुम्लाबाट पाँच जनालाई पक्राउ गरेको जनाएको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ ठेउरी सुर्खेत बस्ने २० वर्षीय प्रकाश चौधरीलाइ घरबाटै पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध १५० मिलिग्राम बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका–२ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै रहेको जुगाड खोला किनाराबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुठिचौर गाउँपालिका–५ का १९ वर्षका नरेन्द्र सार्की र सोही ठाउँका १८ वर्षका विशाल सार्की रहेका छन।

प्रहरीले नरेन्द्रको जाकेटको माथिल्लो खल्तीबाट लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम बरामद गरेको जानकारी दिएको छ। यस्तै, चन्दननाथ नगरपालिका–४ भारतीवाडाबाट ४८ वर्षका खगेन्द्र भण्डारी,  कनकासुन्दरी गाउँपालिका–२ का २९ वर्षका लालबहादुर रोकाया र सोही ठाउँका वडा नम्बर ६ बस्ने ४६ वर्षका हरे राम खत्रीलाई समेत पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्रामसमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको जनाएको छ। 

प्रकाशित: १२ असार २०८० १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App