४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिकता पाएपछि सुदीपले भने, 'अनागरिक मान्छे, बल्ल नागरिक भए'

कपिलवस्तुमा जन्मका आधारमा नागरिकता दिने कार्यको शुभारम्भ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सोमवार बर्तमान संबिधान सभा प्रारम्भ हुने अघि जन्मेकालाई बशंजका आधारमा पहिलो पटक नागरिकता प्रदान गरेको हो। संबिधान सभा लाग हुनु अघि जन्मका आधारमा नागरिकता लिएका संतानलाई बंशजका आधारमा नागरिकता प्रदान गरिएको हा । नेपाल नागरिकता (पहिलो संशोधन ) ऐन २०७९ ले गरेको नयाँ व्यवस्था बमोजिम कपिलवस्तु जिल्लामा नागरिकता बितरण कार्यको शुभारम्भ भएको प्रजिअ शंकरहरि आचार्यले बताए। सबै प्रकृया र कागजातहरु पेश गरेका पछि महाराजगंज नगरपालिका १ का २४ वर्षिय सुदीप बिश्वासलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिएको प्रजिअ आचार्यले बताए । लामो प्रतिक्षा पछि नागरिकता पाए पछि बिश्वास हर्षित भएका छन्।  

अब आफुले पनि राज्यबाट प्राप्त गर्ने सबै खाले सेवा सुबिधा पाउने बाटो खुलाएको उनले बताए। स्नातक तह सम्मको अध्ययन पुरा गर्दा सम्म नागरिकताबाट बंचित हुदा आफुहरुलाई धेरै समस्या परेको उनले बताए।

'अनागरिक मान्छे. बल्ल नागरिक भएको महसुस भएको छ ’ उनले भने। लामो पर्खाई र संघर्ष पश्चात नागरिकता प्राप्त गर्न सफल भएको भन्दै आफ्नो अधिकार प्राप्त भएको भन्दै खुशी व्यक्त गरे। ‘ नागरिकता नहुदा हाल सम्म जागीर लगायत अन्य कैयौं अवसरहरुबाट समेत वञ्चित हुनु परेको थियो ’उनले भने, ‘अब भने आफ्नो बाटो खुलेको छ ’ उनका बुवा सुदाम बिश्वास र आमा नानी माया आचार्यको जेठो सन्तान हुन। नेपाल नागरिकता ऐन २०६३ बमोजिम बिगतमा यस कपिलवस्तु जिल्लामा करिव पाँच हजार जाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोे सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।  

प्रकाशित: १२ असार २०८० ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App