१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मेरियट होटलको खाना अतिउत्तम

फाइल तस्बिर

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले खाना र खाजाको स्तरका दृष्टिले काठमाडौंस्थित मेरियट होटललाई ‘अति–उत्तम अर्थात् ए ग्रेड’दिएको छ।

सरसफाइ तथा सुरक्षित खाद्य पदार्थप्रतिको उच्चतम प्रतिबद्धताका कारण होटलले यो रेटिङ पाएको होटलका जनरल मेनेजर विशाल मिश्रले जनाएका छन्। ‘यो स्तरीकरण पाउँदा हामी अत्यन्त खुशी छौं। समग्र कर्मचारीको प्रतिवद्धता र मेहनतले हामीले यो ग्रेड पाएका हौं, उनले भनेका छन्।

होटलले आगामी दिनमा पनि यो स्तरीकरणलाई जारी राख्ने प्रतिवद्धता व्यक्त गरेकोछ।

प्रकाशित: १२ असार २०८० ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App