२२ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

मलेसियामा जुम्लाका एक युवकको शव अलपत्र, नेपाल ल्याइदिन सरकारसँग माग

जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका एक युवकको शव मलेसियामा अलपत्र परेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।

अन्दाजी ३२ वर्षीय उनी २०७० साल साउन १९ गते नेपालबाट मलेसिया उडेका थिए। उनको मृत्युबारे यही असार ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै गाउँका मृगेन्द्रकुमार शाहीले बताए।

परियार दिउँसो सुरक्षा गार्डको काम गर्ने भएकाले डिउटीमा गएको र  राति उनलाई कोठाभित्र मृत भेटिएको शाहीले बताए। उनले भने, 'हामीले भोलिपल्ट मात्रै थाहा पाएका हौं। हाल मृतकको शव मलेसियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ।'

उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन। अहिले दमाईको शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताए। शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध भएपनि कतैबाट काम नभएको आफन्तले बताएका छन्।

प्रकाशित: ११ असार २०८० ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App