९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

काँग्रेस उम्मेद्वारको गाडीमा आगजनी

पोखरा- नेपाली काँग्रेसबाट माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ।

गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२.०० बजेतिर अज्ञात समूहले आगजनी गरेको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिए।
उनका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार गुरुङले माछापुच्छ्रे गाउँपालिका लाहाचोकका स्थानीयवासी एवम् पार्टीका क्रियाशील सदस्य मखलाल परियारको गाडी चुनावी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए।

यसैबीच काँग्रेस कास्कीले आज विज्ञप्ति जारी आगजनीप्रति खेद प्रकट गरेको छ । पार्टीका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा चुनावलाई प्रभावित गर्ने गरी हतास मनस्थितिका साथ गरिएका यस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ। आगामी दिनमा यस्ता कुनै पनि गतिविधि नगर्न पार्टीले चेतावनी दिएको छ। रासस

 

प्रकाशित: २४ वैशाख २०७४ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App