१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा खोजी गरी बनाइयो उद्यान

काठमाडौँ महानगरपालिका-१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ।

भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थान समेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष रामकुमार केसीले बताए। मालपोत र नापी कार्यालयको समन्वयमा अरू सार्वजनिक जग्गाको पनि खोजी जारी रहेको उनले बताए।

सार्वजनिक पर्ती र विभिन्न स्थानमा निर्माण भएको उद्यानको जग्गा मिची सँधियारले घर, टहरा निर्माण गरेकाले नापजाँच गरी सार्वजनिक कायम गरिएको वडा कार्यालयले जनाएको छ।

नयाँबानेश्वरको गौचरणको सार्वजनिक जग्गामा पनि वडा कार्यालय चालु आर्थिक वर्षमै उद्यान निर्माण गरिरहेको छ। पाँच रोपनी जग्गामा बाटो कटाएर करिब डेढ रोपनी मात्र बाँकी रहेको जनाइएको छ।

सफा, स्वच्छ सहरको विकासका लागि विभिन्न स्थानमा फेला पारिएको सार्वजनिक जग्गामा उद्यानमा निर्माण गर्न लागिएको हो। प्राकृतिक प्रकोपका बेला पनि उद्यान उपयोग हुन सक्ने गरी निर्माण गरिएको जनाइएको छ।

प्रकाशित: ८ असार २०८० ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App