६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ढालियो विस्केटको लिङ्गो

भक्तपुर– विस्केट जात्राको क्रममा चैत ३१ गते भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिङ्गो मंगलबार ढालिएको छ।

प्रत्येक वर्षको अन्तिम दिन बिहान उठाउने लिङ्गो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते दिउँसो ढाल्ने परम्पराअनुसार मंगलबार साढे १० बजे ढालिएको छ। स्थानीयबासीको सक्रियतामा लिंगो ढालिएको हो। प्रत्येक वर्ष स्थानीयको सक्रियता यो लिंगो उठाउने र ढाल्ने परम्परा छ।

विस्केट जात्राको क्रममा भक्तपुरमा दुई ठाउँंमा दुई वटा लिंगो उठाउने र ढाल्ने गरिन्छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन राति भेलुखेलमा हात भएको ठूलो लिंगो उठाउने गरिन्छ । यो लिंगो भने उठाएको भोलिपल्टै अर्थात् वैशाख १ गते नै ढाल्ने गरिन्छ ।

यो वर्ष यो लिङ्गो ढाल्दा तीन टुक्रा भएर भाँंचेको थियो । साथै उठाउँंदा पनि लिंगो भाँंचेको थियो । घटनामा परी एकजनाको मृत्युसमेत भएको थियो। पहिलो लिङ्गो भाँचिएपछि जगेडामा राखिएको दोस्रो लिङ्गो उठाएको थियो । दोस्रो लिङ्गो पनि ढाल्दा भाँंचिएको थियो ।

प्रकाशित: ५ वैशाख २०७४ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App