१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

तनहुँमा टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडकखण्डमा यात्रुबाहक टाटा सुमो दुर्घटना १२ जना घाइते भएका छन्।

मंगलबार दिउँसो १२ः४५ बजे लामा गाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये ९ जनाको जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा तथा ३ जनाको तनहुँ सेवा अस्पताल, दुलेगौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुमो चालक ४८ वर्षीय केशबहादुर सुनार मध्यम घाइते भएका छन् भने अन्य घाइतेहरुको पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App