२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा 'लु'

मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेकाे छ। मध्य तराईका जिल्लाहरु सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतकामा हावा (लु) चलिरहेकाे मौसमवीद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको र अझै २ दिन चल्ने बताए। झाले भने, 'मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा लु चलिरहेको छ। यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ। सप्तरीदेखि भैरहवासम्म तातो हावा लु बढी चलेको देखिन्छ।'

पछिल्लो समय गर्मी बढेसंगै तराईको जनजीवन कष्टकर बन्दै गइरहेको समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् भने स्थानीय तहहरुले धमाधम विद्यालयहरु बन्द गरिरहेका छन्।

महाशाखाकाले (लु) चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्याहरु देखिन सक्ने बताएको छ।

सो समस्याबाट बच्नका लागि बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान,घाममा बढी नजान, हल्का लुगा लगाउ, सुती कपडा लगाउ, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८० ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App