२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ग्रामिण सडक कालोपत्रे हुँदा स्थानीय हर्षित

कालोपत्रे हुदै गरेको सिन्धुलीको तीनपाटन गाँउपालिकाको भिमस्थान बेलघारी हुदै लङगुर सडक खण्ड। तस्बिर: अनिल भण्डारी, नागरिक

सिन्धुलीको तीनपाटन गाँउपालिकाको भिमस्थान बेलघारी हुदै लङगुर सडक खण्ड कालोपत्रे भएपछि स्थानीय हर्षित भएका छन्।

शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले तीनपाटन गाँउपालिकाको भिमस्थान बेलघारी हुदै लङगुर सडक खण्डको पहिलो चरणमा कालोपत्रे सुरु गरेको हो।

पहिलो चरण अन्र्तगत भिमस्थानदेखि बेलघारीसम्म तीन दशमलब चार किलोमिटर सडकलाई कालोपत्रे गर्न लागिएको हो। बागमती प्रदेश सरकारले गाँउमा सात मिटर बढी चौडा भएको पक्कि सडक निर्माण गरेसँगै स्थानिय हर्षित भएका छन्। सिन्धुलीमाढी चकमके सडक खण्डबाट बेलघारी तर्फ जाने सात मिटर चौडा सहितको सडक निर्माण भएसँगै स्थानीय खुशी भएका हुन्। तीनपाटन गाँउपालिका वडा न १ का वडा अध्यक्ष गोविन्द राउतले समय अगावै गुणस्तरिय काम भएको बताए।

ग्रामिण क्षेत्रका केहि बस्तिमा मात्रै सिमित नभएर सडक निर्माणले सिंगो तीनपाटन गाँउपालिकाकै मुहार फेर्न सहयोग गरेको स्थानियको भनाइ छ।

प्रदेश सरकारको ६ करोड पचास लाख लागत अनुमान गरि निर्माणको चरणमा गएको उक्त सडकमा ठेकेदार कम्पनी रौता निर्माण सेवा उदयपुरले करिब २७ प्रतिशत कममा ठेक्कापारी काम भएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ। कार्यालय प्रमुखदुर्गा घिमिरेका अनुसार पाँच करोड १३ लाख रुपैयाँमा ठेकेदार कम्पनीले काम गरिहेको छ।

बागमती प्रदेश सरकारले आगामी २०८१ सालको असार सम्ममाकाम सम्पन्न गर्ने गरि निर्माणको जिम्मा दिएको भएपनि समय अगावै काम सम्पन्न गर्ने गरि तयारी भएको छ। तिव्र गतिमा काम भएकाले समय अगावै काम सम्पन्न गर्ने तयारीमा पुगेको घिमिरेले बताए।

गत आर्थिक वर्षमा सुरु भएको उक्त सडक निर्माण कार्य २०८१ साल असारसम्मको सम्झौता भएपनि यसै वर्षको असार भित्र सम्पन्न गर्ने गरि काम भइरहेको छ। यो सडक सहित जिल्लामा प्रदेश सरकारले दर्जनौ सडक निर्माण गरिहेको छ। शहरी विकास कार्यालय मार्फत जिल्लाको दुधौली, कमलामाई नगरपालिका तीनपाटन गाँउपालिकालगायतका क्षेत्रमा सडक निर्माणमा काम भइरहेका छन्।  

प्रकाशित: १८ जेष्ठ २०८० ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App