६ चैत्र २०८० मंगलबार
समाज

जुम्लामा बेवारिसे अवस्थामा शिशु फेला

जुम्लाको पातारासी गाउँपालिका-१ गडिगाउँमा सोमबार दिउँसो सालनालसहित बेवारिसे अवस्थामा शिशु भेटिएको छ।

पातारासी गाउँपालिका-१ का वडा अध्यक्ष लालसिंह ऐडीका अनुसार गाउँ भन्दा ३ सय मिटर टाढा रहेको धाराखोलाको छेउमा गाडिएको अवस्थामा शिशु भेटिएको हो।

'गाउँकी दुई जना किशोरी नुहाउन जाँदा कुकुरले पछाइरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि खबर गरेका थिए। म आफैँले शिशुको सालनाल बेराएर हुँ' उनले भने।

पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले प्रहरी र गाउँपालिकाका जनप्रतिनिधिको उद्धार पछि अहिले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइन्।

यता ओसिएमसीका (एकद्वार प्रणाली) फोकल प्रशन सविना मानन्धरले बच्चाको अवस्था नाजुक रहेका बताइन्। कुकुरले टोकेर हात, निदारमा घाउ थियो अहिले नियमित उपचार भइरहेको छ। क्रमिक सुधार पनि देखिएको छ। उनले भनिन्।

उनको अनुसार हाल शिशुको तौल २ किलो २ सय ग्राम छ। यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे पातारासी गाउँपालिका र ओसिएमसीको समन्वयमा उपचार भइरहेको बताए। अवैध सम्बन्धका कारण बच्चा जन्मिएपछि फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

प्रकाशित: १७ जेष्ठ २०८० १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App