coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्ट्रबेरी व्यापारबाट मनग्य आम्दानी गर्दै आइतु

हुम्लाको ताजाकोट गाउँपालिका-५ की आइतु ऐडी मंगलबार दिउँसो जुम्लाको सदरमुकाम जुगाडपुलमा स्ट्रबेरी (भुई-काफल) बेच्दै थिइन्। जुगाडपुलमा उनलाई ग्राहकको भिड थाप्न धौधौ परेका थियो।

बिहान ८ बजे देखि बेलुका ६ बजेसम्मको समय प्राइम टाइम हुने भएकाले उनलाई यति खेर स्ट्रबेरीबेच्न भ्याई नभ्याई हुन्छ। 

उनको स्ट्रबेरी व्यापार सुरु भएको धेरै लामो समय भइसकेको छैन। केबल एक हप्ता मात्र भयो। एक हप्ताको अन्तरालमै स्ट्रबेरी व्यापारबाट राम्रो आमदानी भएको उनी सुनाउँछिन्। उनले स्ट्रबेरी प्रति केजी पाँच सय रुपैयाँको दरले बेच्ने गरेकी छिन्।

उनले बताए अनुसार दैनिकी ५ देखि ८ केजीसम्म स्ट्रबेरी बिक्री भइरहेको छ। जस अनुसार उनले दैनिक चार हजार र मासिक एक लाख बिस हजार रुपैयाँ सम्मको स्ट्रबेरी बिक्री गर्न सकिने बताउँछिन्।

उनी भन्छिन् 'अहिले अफिस तिर पनि धेरै माग बढेका छ। सरकारी कार्यालय, बैङ्कहरूमा बढी जान्छ, यस्तै होलसेलमा प्रतिकेजी ४ सय र बाहिर फाट्टफुट्टमा १ गिलासको ५० रुपैयाँमा सम्म बिक्री हुन्छ।'

जुम्लाको हकमा यो खेती पहिलो पटक गरिएको हो। ऐडीले राम्रो उत्पादन हुने हो भने बजारमा खासै समस्या नभएको सुनाइन्। अनुसन्धानका लागि खेती गरेकी उनले राम्रोसँग फल दिएको बताइन्। 

जुम्लाको चन्दननाथ नगरपालिका ४ खलंगामा दुई जना मिलेर स्ट्रबेरीको खेती सुरु गरेका छन्। जुम्ला हिमा गाउँपालिका ३ बस्ने मोफ्लाका गोपाल रोकाया र आइतुले चन्दननाथमा जग्गा लिजमा लिएर खेती सुरु गरेका हुन्। उनीहरुले फलफूल उत्पादन तथा नर्सरी जडीबुटी प्रशोधन उद्योग समेत सुरु गरेका छन्। व्यवस्थापक गोपाल रोकायाले सदरमुकाम खलंगामा ८ सय वर्ग मिटर जग्गा दश वर्षका लागि लिजमा लिएर खेती सुरु गरेको बताए।

१२ बिरुवा रोपेर खेती सुरु गरेका उनले हाल सम्म दश हजार बिरुवाले फल दिएको उनले सुनाए। उनका अनुसार विशेष गरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन बढी हुने गर्छ।

जुम्ला बजारमा पनि स्ट्रबेरीको माग बढ्दो देखिन्छ। उनले नयाँ फल रहेको र बिरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको समस्या नदेखिएको र यसको व्यावसायिक उत्पादन आवश्यक रहेको बताए। स्ट्रबेरी फलाउन सके धेरै गुणा महँगोमा बिक्री गर्न सकिने उनले आफ्नो अनुभवका आधारमा सुनाए। जुम्ला बजारमा पनि स्ट्रबेरीको माग बढ्दो देखिएको छ।

प्रकाशित: १६ जेष्ठ २०८० १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App