राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुगेका छन्।
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ। विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो।
गत असोज १२ गते शनिबारको बाढीले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति गर्यो। बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन्।