१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काँग्रेस निकट सिडेनमा नयाँ नेतृत्व चयन हुँदै

केसीलाई सिंह, दवाडीलाई थापा र पाण्डेलाई देउवाको साथ

नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको सातौ अधिवेशन सुरु भएको छ। लोकतन्त्रबादी इन्जिनीयरहरुको साझा संस्था (सिडेन) को निर्वाचनमा अध्यक्ष पदमा ई. चेतनाथ पाण्डे, ई.प्रमोद दवाडी र ई.लक्ष्मण के सी समूहसहित  मैदानमा छन्।

सिडेनको सातौं कार्यकारिणी समितिको आगामी शनिबार काठमाडौं हुने निर्वाचनमा तिनै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन्। कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन भइरहेको प्रमुख निर्वाचन अधिकृत शुक्रराज पौंडेलले जानकारी दिए।

कार्यकारिणी समितिमा समेत प्रतिनिधित्व गर्ने सात प्रदेशका प्रमुख मध्य यसअघि नै ४ प्रदेसको निर्वाचन सर्वसम्मत भइसकेको छ भने प्रदेश बागमती,कोसी र सुदुरपश्चिमको निर्वाचन पनि शनिबार हुदैं छ।

काठमाडौँमा र सात प्रदेशका १० स्थानमा  गरी देशभरका ५ हजार ७६३ प्रतिनिधिले मतदान गरिरहेको उनको भनाइ छ ।  

अध्यक्ष पदका प्रत्यासी ई।पाण्डेले आफू  बिध्यार्थी कालको शुरुआतदेखि नै लोकतन्त्रप्रति समर्पित र सक्रिय रहदैं पटत पटक जेल परेको उल्लेख गर्दै युवा नेतृत्वका साथ निर्वाचनमा होमिएको बताए।

साथै उनले  विगत लामो समयदेखि इन्जिनियरहरु र एनईएको सपनाको रुपमा रहेको इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि सरकारलगायत सरोकारवाला सबै पक्षसँग आवश्यक र परीणाममुखी पहल कदमी लिने प्रतिबद्धता जनाएका छन्।

यस्तै, नेपाल सरकार, स्थानीय तह तथा नेपाल सरकारको स्वामित्वमा रहेका संघरसंस्थाहरुले इन्जिनियरहरुको दरबन्दी छैटौं तहमा माग गरिरहेको सम्बन्धमा सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै उक्त दरबन्दी सातौं तहमा कायम गर्नेगरि अधिकतम पहल गरिने पनि प्रतिबद्धता जनाएका छन्।

 यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी केसीले समस्त इञ्जिनीयरको हकहित तथा पेशागत विकासका लागि काम गर्ने चाहनाका साथ निर्वाचनमा होमिएको बताए ।  

 

पार्टीको देउबा समुहको साथ चेतनाथ पाण्डेलाई रहेको छ भने प्रकाशमान सिंहको समर्थन केसीलाई रहेको छ।वर्तमान अध्यक्ष ई. उमेश प्रसाद थानीले पनि पाण्डेलाई साथ दिएको अवस्था छ । थानी पनि छैटौं सिडेन निर्वाचनमा शेर बहादुर देउबा पक्षबाट अध्यक्ष पदमा निर्बाचित भएका थिए।

काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामा गगन थापा समूहको उपस्थिति निर्णायक बन्ने गरेको छ। थापा समूहले यसपटक ई. प्रमोद दवाडीलाई अध्यक्ष पदमा अगाडी सारेको छ। दवाडी नेपाल ईन्जिनियर्स एसोसियसनको ३० औं कार्यसमितिमा सदस्य थिए।

उम्मेदवारी दर्ता भन्दा अगाडी दवाडी र केसी एउटै समुहबाट अध्यक्ष पदको दाबेदार थिए तर अन्तिममा आएर दवाडीले अध्यक्ष पदमा प्यानलसहित उम्मेदवार दिएर प्रचारप्रसारमा लागेपछि केसीलाई केही धक्का लागेको आँकलन गरिएको छ।

पाण्डेको प्यानलबाट कौशल केसी उपाध्यक्ष, हुकुम बहादुर बुढा महासचिव, शिब भट्टाराई उपमहासचिव र अनिल बस्नेत कोषाध्यक्ष पदमा उठेका छन्। त्यस्तै, केसीको प्यानलबाट उमेश प्रसाद धिताल उपाध्यक्ष, तमन खड्का महासचिव र दवाडीको प्यानलबाट सुमन थापा उपाध्यक्षमा,मेली शाह महासचिब पदमा उम्मेदवार बनेका छन्।

प्रकाशित: १० जेष्ठ २०८० ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App