१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा एक हजार पाँच सय पीडितले दिए मिटर ब्याजीविरुद्ध निवेदन

सर्लाहीमा मिटर ब्याजपीडितहरुको संख्या अत्यधिक देखिएको छ। मिटर ब्याजबाट पीडित रहेको भन्दै छानबिन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा करिब एक हजार पाँच सय पीडितले निवेदन दर्ता गराएका छन्।

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेको संख्या अधिक भएपछि छुटेका भए निवेदन दर्ता गराउन म्याद थप गरिएको छ। पीडितहरुले जेठ १४ गतेसम्म मिटर ब्याजीविरुद्ध निवेदन दिन सक्ने गरी म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

निवेदनहरु आइ नै रहेका छन्। गत आइतवारसम्म मिटर ब्याजीविरुद्ध १४ सय ७२ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। दुई दिन यता अझ यो संख्या बढेको हुनुपर्ने देखिएको छ।

सर्लाहीका मिटरब्याजी पीडित कोही उजुरी दिन छुटेको भए जेठ १४ गतेसम्म कार्यालयमा आएर उजुरी दिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिएका छन्। यसअघि जेठ १ गतेदेखि ७ गतेसम्म पहिलो पटक एक साता म्याद थप भएको थियो।

पीडितले निरन्तर उजुरी दिइरहेकाले थप उजुरी आउन सक्ने ठानेर एक साता म्याद थप भएको हो। सहायक प्रजिअ घिमिरेले पीडितहरु निरन्तर उजुरी लिएर आइरहेका र अब अन्तिम पटक १ साता म्याद थप गर्दा २ हजार जति उजुरी पुग्ने अनुमान गरिएको बताएका छन्।

मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाउने गरेको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पुगिरहेका छन्।

सर्लाहीमा मिटर ब्याज पीडितहरु धेरै भएको अनुमान सही साबित भएको छ। यसअघि मिटर ब्याजविरुद्ध सर्लाहीवासीले नै धेरै आन्दोलन गरेका थिए। आन्दोलन र उजुरीपछि सर्लाहीका।।।मिटरब्याजी’ आरोपी श्याम परदेशी, संजय रौनियार र रामबाबु यादव जिल्ला अदालतको आदेश अनुसार कारगार चलान भएका थिए। यादव र रौंनियार उच्च अदालतको आदेशले छुटिसकेका छन् भने परदेशी कारागारमै छन्।

प्रकाशित: ९ जेष्ठ २०८० १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App