२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छुरा प्रहारबाट गौरमा एक जनाको मृत्यु

छुरा प्रहारबाट रौतहट सदरमुकाम गौरमा एक जनाको मृत्यु भएको छ। गौर नगरपालिका ७ सिसवामा शनिवार राति छुरा प्रहारबाट एक जनाको मृत्यु भएको हो।

सामान्य विवादमा छिमेकी यार महम्मद र शेख कबिरबीच झगडा भएको हुँदा शेख कबिरले यार महम्मद खानमाथि छुरा प्रहार गरेको थियो। बायाँ छातिमा छुरा प्रहारपछि गहिरो घाउ लागेका ५० वर्षीय यार महम्मद खानलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। अस्पतालमा लगे लगत्तै खानलाई मृत घोषणा गरिएको थियो। खानको मुटुमा छुरा वारपार भएको अस्पताल स्रोतले बताएको छ।

छुरा हान्ने शेख कबिर फरार रहेको र प्रहरीले खोज अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतक खानको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ। 

प्रकाशित: ६ जेष्ठ २०८० ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App