वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी विरगजं देखि काठमाडौं सम्मको पदयात्रा सुरू गरिएको छ। वीरगञ्ज भन्सार अगाडी मितेरी पुलमुनी बग्ने सिर्सिया नदीको प्रदुषित पानी लिएर बिहिबार करिव ३५ जना समाजिक अभियन्ताको समुह काडमाडौैं हिडेको छ।
संघिय सरकारलाई दबाब दिने उद्देश्यका साथ पर्सा, बारा, रौटहट, सिरहा महोत्तरी तथा धनुषा लगायतका जिल्लाहरुबाट एकजुट भएका अभियन्ताहरु बिहिबार सांझ साढे ५ बजे नदिको प्रदुषित पानी बोकेर काठमाडौं तर्फ हिडेका हुन्। शुक्रबार बिहानसम्म उनीहरु बाराको पथलैया सम्म पुगेका छन्। यात्रा निरन्तर जारी रहने समाजिक अभियन्ता सरोज रायले बताए।
विगत ५ वर्ष देखी चुरे तथा वन जंगल संरक्षणका निम्ति बारम्बार उठाउदै आएको अभियानका राष्ट्रय संयोजक सुनिल कुमार यादवले बताए। अहिले सिर्सिया नदिलाइ प्रदुषणबाट मुक्त बनाउनका लागी दबाब मुलक अभियानको सुरुवात गरीएको उनले बताए।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीमा यसको मुहान छ। परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ। वौद्यी खोला यसमै विलय हुन्छ। तर, वीरगञ्ज नपुग्दै औद्योगिक प्रदूषणको चपेटामा पर्छ। पर्सा राष्ट्रय निकुञ्ज हुदै निस्केको सिर्सिया नदि बाराको औद्योगिक करिडोर हुदै बगेको छ। छठ पुजा लगायत धार्मिक कार्य, घरायसी कार्य देखी लिएर कृषि कार्यमा समेत यस भेगका स्थानीयहरु नदिको पानी प्रयोग गर्ने गरेका छन्। सफा र सुन्दर नदिलाइ यहाँका औद्योगिक कलकारखानाले उद्योगबाट निस्केको दुषित पानी नदिमा मिसाएर प्रदुषित गर्नेक्रम नरोकिएपछि अहिले सरकारलाई दबाब दिन पैदल काठमाडौ हिडेको अभियानका संयोजक यादवले बताए।
'सिर्सिया नदिलाई यहाँका उद्योगहरुले आफ्नो स्वार्थका लागी अपहरण गरेका छन, त्यसको मुक्ति हाम्रो मांग हो, केन्द्रिय सरकारलाइ भाग भण्डाको चक्करमा हेर्ने फुर्सद छैन,सुन्ने मात्र गर्छ कि सिर्सिया नदिको पानी प्रदुषित छ, अब हामी त्यहा पुगेर संघ सरकारलाइ देखाउछौ कि यो नदिलाइ कसरी मृत नदि बनाएर उद्योगको दुषित पानी मुहानमा मिसाइएको छ,' उनले भने, ‘आखाँले हेरेभने मात्र थाहा हुन्छ कि नदिको पानी कति दुषित छ।'
अभियन्ताहरुले सिर्सिया नदि प्रदुषण मुक्त लगायत सरकार समक्ष ४ बुंदे मांग राखेका छन्। पहिलो सिर्सिया नदिलाइ प्रदुषण मुक्त बनाउने, कलकारखानाबाट अतिक्रमण मुक्त गराउने, भुमिहिनको समस्या तथा चुरे र वन जंगललाइ संरक्षण गर्ने माग हो। चुरे र वन जंगललाइ संरक्षण गर्ने मांगमा अघि प्रदेश सरकारलाइ दबाद दिनका लागी ९ दिनको आमरण अनसन पछि सम्झौता भएको उनको भनाइ छ।
जनकपुरमा एक महिना ७ दिन धर्ना दिएर आमरण अनसनमा बसेको भोलि पल्ट भुमिहिन तथा चुरे र वन जंगलको संरक्षण सम्बन्धि सम्झौता भयो तर कतिपय अधिकार प्रदेश सरकार मातहत नरहेकाले अहिले बाध्य भएर संघिय सरकारको ढोका ढक्ढकाउनु परेको संयोजक यादवले बताए।
अभियन्ताहरु काठमाडौ पुगेर पहिले सिंह दरबार अगाडि सिर्सिया नदिको दुषित पानी देखाएर धर्ना दिने कार्यक्रम रहेको छ। त्यस पश्चात सरकारले यदि आफुहरुको कुरा सुनेन भने माइतिघर मण्डलामा गएर मांग पुरा नहोउन्जेल सम्म अनिश्चित कालका लागी धर्ना दिने कार्यक्रम रहेको संयोजक यादवको भनाइ छ।
कसरी हुदै गयो सिर्सिया नदि दुषित
करिव २०/२५ वर्ष अघि सम्म सिर्सिया नदिको पानीले यस क्षेत्रका स्थानीयहरु घरायसी कार्य देखी लिएर कृषि कार्य गर्ने गर्थे। सफा सिर्सिया नदीको पानी पिउँथ्यौं धार्मीक कार्यमा नुहाउथ्यौ भन्ने कुरा अहिले किंवदन्ती जस्तो लाग्छ। गंङ्गा जि को रुप मानेर विवाह भोजका खानामा शुद्धताका लागी यस नदिको जल स्थानीयले प्रयोग गर्थे। तर वीरगञ्ज महानगर भएर बग्ने अहिले सिर्सियामा कालो र गन्हाउने पानी बगिरहेको छ। अहिले सफा सिर्सिया नदिको पानि विषालु भएको पाइन्छ। त्यो पानी गाईवस्तुलाई समेत पिलाउन मिल्दैन। स्थानिय मानिसका अनुसार नदिको पानीमा नुहाए जीउमा घाउ खटिरा निस्कन्छ।
मानिसहरु धार्मिक आस्थाका कारण छठ पर्व बाहेक अन्य कुनै काममा नदिको पानी प्रयोग गरेको पाइदैन। छठ पर्वमा नदी किनारमा दर्जनौं छठघाट बनाइन्छन्। तर, ब्रतालुले नदीको पानीमा डुबुल्की मारेर निर्धक्कसँग छठी मइयाको पूजा र सूर्यको आराधना गर्न पाउँदैनन्। नदि छेउका मानिसहरु यसको विषालु पानी देखी डराउँछन। गाइ बस्तुलाइ समेत पानी खान दिइदैन्। नदिमा छोडिएको उद्योगको केमिकलले कहिले काहि यस क्षेत्रका स्थानीयहरु बिरामी समेत पर्ने गरेका छन। दुर्गन्धले आसपासका मानिसलाइ बस्न समेत गा¥हो हुने गरेको छ।
छठघाट व्यवस्थापन समितिका अगुवाहरू छठ ब्रतका लागि नदी सफा बनाइदिन आग्रह गर्दै प्रहरी–प्रशासनमा हरेक वर्ष धाउनैपर्ने हुन्छ। हारगुहारपछि उद्योग केही दिन बन्द हुन्छ, नदीमा अलि सफा पानी बग्छ। नदी किनारसम्म पुगेर स्थानीयले छठ मनाउँछन्। त्यसको केही दिनमा नदी पहिलेकै अवस्थामा र्फकन्छ। जिल्लाको उत्तरी भेगका मानिसहरु नदिको सफा पानीले घरायसी काम धन्दा समेत गर्छन तर दक्षिणी भेगमा आएपछि उद्योगकारखानाको लापरबाहीले गर्दा नदि दुषित हुन्छ। उद्योग–कारखानाबाट निस्किएको फोहोर पानी प्रशोधन नै नगरी नदीमा मिसाइएको छ। यसरी वर्षौंदेखि नदी प्रदूषण भइरहँदा न नियमनकारी निकायले चासो दिएका छ न त उद्योगहरूलाई जिम्मेवार बन्नुपर्छ भन्ने चेत नै पलाएको छ।
नदिमा उद्योग–कारखानाको मनपरी
वीरगञ्ज पथलैया क्षेत्रमा चार दशकयता उद्योग खुल्ने क्रम बढेपछि २०३५ साल यता औद्योगिक प्रदूषणको चपेटामा परेको हो। यस क्षेत्रमा साना, मझौला र ठूला गरी दुई हजार हाराहारीमा उद्योग–कारखाना छन्। कतिपयले खुलेआम त अन्यले नदेखिने गरी भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी पठाउँछन्। नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर लगायत वीरगञ्ज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित छन्। पानी प्रदूषित भएका कारण नदीमा जलचर पाइँदैनन्।
चुरे हुदै पर्सा राष्ट्रय निकुञ्जबाट निस्केको सफा सिर्सया नदिको पानीको मुहान पथलैयाको जगदम्बा उद्योगको अगाडी पुगेपछि दुषित भएको पाइन्छ। जितपुर सिमरा अन्र्गत रहेका केहि उद्योगका कारण अहिले नदि दुषित भएको छ। जितपुरको रातो पुल देखी जनहित उपभोक्ता समिति सम्मको क्षेत्रमा नदिलाइ टुकुचा जस्तो बनाइ अतिक्रमण गरिएको छ। उद्योगहरुले निजि स्वार्थका लागी खोलालाइ सानो कुलोको रुपमा परिणत गरिएको छ। जगंलबाट निस्कने पानीको माथिल्लो लेअर अहिले उद्योग–कलकारखानाले गर्दा सुख्खा भएको छ। नदिमा अहिले सफा पानी नभइ उद्योगबाट निस्केको फोहोर पानी छ। जगदम्बा उद्योगले नदिको मुहानलाइ मिचेर नालामा परिणत गरेको छ। सुर्या नेपालले नदि नै पर्खाल लगाएर मिचेको छ। नदिको बिचमा डिप बोरिङ्ग लगाइएको छ। छाला कारखाना जस्ता औद्योगीक करिडोर अन्तर्गत रहेका नदि आसपासका कलकारखानाले नदिमा दुषित पानी मिसाउने गरेका छन्।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका छाला, स्टिल, सिमेन्ट, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुन, औषधि उद्योगबाट निस्कने रसायन तथा विकार प्रशोधन नगरी नदीमा हाल्ने गरिएको छ। छाला उद्योगले लेदो शुद्धीकरण नगरी नदीमा विसर्जन गर्छ। स्थानीयले मृत चौपाया लगायतका फोहोर नदी मै फाल्छन्। कोरोना महामारीका कारण उद्योगधन्दा पूर्ण रूपमा सञ्चालन नहुदा नदी कम प्रदूषित देखिएको थियो। तर तिन तहको सरकारको लापरवाहिले गर्दा अहिले सिर्सिया नदि अभिभावक बिहिन बनेको छ। नदिको संरक्षण कसले गर्ने ? भन्ने प्रश्न उठेको छ।
प्रकाशित: ५ जेष्ठ २०८० ०६:५४ शुक्रबार