२ असार २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा राइड सेयरिङ प्लाटफर्म ‘आयो’ सेवा सञ्चालनमा

राइड सेयरिङ प्लाटफर्म ‘आयो’ले पनि चितवनमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।

यात्रुलाई सहजता प्रदान गर्नका लागि चितवनमा एक महिनादेखि सेवा सञ्चालनमा ल्याइएको आज(बुधवार) गैडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो।

यसअघि काठमाण्डौँ उपत्यकामा मात्र सञ्चालित आयोको राइड सेयरिङ सेवा चितवनमा ल्याईएको कम्पनीका बजार व्यवस्थापक नेत्र किँरातीले बताए। चितवनमा यसअघि नै पठाओ कम्पनीले पनि राइड सेयरिङ सेवा सञ्चालनमा ल्याइसकेको छ। तर, यसपटक विशेष छुटका साथ आयो कम्पनीले पनि सेवा सञ्चालन गरेको किँरातीले बताए।

‘प्रोमो कोर्ड प्रयोग गरी पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट दिँदै छौँ,’ उनले भने ‘५ राइडपछि प्रोमो कोड प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाउनुहुनेछ।’

चितवनमा बाइक र अटोमा राइड सेवा सुरु गरिएको छ। चितवनमा आयो राइडर प्रति सेवाग्राहि आक्रषित भएको उनको भनाइ छ। ‘एक महिनाको अवधिमा चितवनमा २ हजार १ सय जनाले आयो एप डाउनलोड गरेका छन्,’ उनले थपे, ‘औषतमा काठमाण्डौँमा भन्दा चितवनमा आयोप्रति सेवाग्राहीको आक्रषर्ण बढ्दो छ।’ चितवनमा दैनिक ७ सयको हाराहारीमा माग रहेको उनले बताए। हाल जिल्लामा बाइकमा ४७५ र अटोमा १२५ जना राइडर बनेका छन्।  

हाल चितवनको भण्डारा, पर्सा, टाँडी, सौराहा, भरतपुर, नारायणगढ, गीतानागर, जगतपुर, मेघौली, खोलेसिमल, जुटपानी, मुग्लिन क्षेत्रमा राइड सेवा सञ्चालन भएको उनले बताए। आयोको राइड सेवा सस्तो, सर्वसुलभ र सुरक्षित समेत रहेको उनको जिकिर छ। ‘प्रतिकिलोमिटर बाइकमा १८ र अटोमा५४ रुपैयाँ लिन्छौँ,’ उनले भने ‘आयोमा हरेक यात्रुको बीमाद्वारा सुरक्षित गरिन्छ, प्रशिक्षित र प्रमाणित राइडरहरू हुन्छन्।’ यो सेवा २४ सैँ घण्टा सञ्चालन हुने कम्पनीको दावि छ।

आयोमा आवद्ध भएका राइडरहरु सवारी ब्लुबुक र सवारी चालक अनुमतिपत्र भएका मात्र हुनेछन्। अझै राइडरहरु थपिने कम्पनीले बताएको छ। आयोको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ। जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण विवरण एपमा लाइभ जानकारी हुने उनले बताए। आयो युजरको एप स्माट फोनको प्लेस्टोर तथा एपस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ।  

प्रकाशित: ३ जेष्ठ २०८० १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App