१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

८४ बर्षिय कार्लोसको धौलागिरी आरोहणको १३ औं प्रयास असफल

चुचुरोतर्फ प्रस्थान गर्दा घाइते भए कार्लोस

कार्लोस सोरिया फोन्तेन। तस्बीर: सामाजिक सञ्जाल

प्रतिकुल मौषस र दुर्घटनामा परेपछि स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल आरोहण गर्ने सपना अधुरै रहने भएको छ।

म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने ८ हजार १ सय ६७ मिटर हिमालको चुचुरोमा पुग्ने क्रममा अचानक दुर्घटनामा परेपछि १३ औँ प्रयास असफल भएको हो।

चुचुरोमा पुग्ने क्रममा तेस्रो क्याम्पबाट उक्लने क्रममा अचानक दुर्घटनामा परेपछि गाईडले तेस्रो क्याम्पमतर्फ ल्याउने बताइएको छ। सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो। क्याम्पस तेस्रोसम्म पुगेका कार्लोस अचानक प्रतिकुल मौषसमका कारण रोकिएका थिए।

‘धेरैपटक धौलागिरी हिमालले अस्वीकार गरेकाले यसपटक गन्तब्यमा पुगेर फर्किने भन्दै कार्लोसले निकै मेहनत गरेका थिए,‘उनको जीवनको यो आरोहण नै अन्तिम हुनेछ’ उनको फेसबुकमा लेखिएको छ। मंगलबार मात्रै उनले आफ्नो फेसबुकमा ७ हजार २ सय मिटर उचाईमा पुगेको र मिकेल शेर्पा सहितको टोलीबाट राम्रो साथ भएको उल्लेख गरेका छन्।

गत वर्ष कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्कीएका थिए। उनले धौलागिरीको चुचुरोमा पुगेपछि आफ्नो हिमाल आरोहणको यात्रा विश्राम नजिक पुग्ने भन्दै यसपटक अनुकुल समय र स्वास्थ्यले समेत साथ दिएको बताएका थिए। पछिल्लो केहीदिन यताको प्रतिकुल मौषमका कारण आरोहणमा निस्किएका आरोहीलाई समस्या भएको छ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आरोहणमा निस्किएको पासाङ शेर्पाले जानकारी दिए। सन् २००१ मा सगरमाथा आरोहण गरेका कार्लोसले नेपालकै चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड भने बनाएका छन्। १४ वटा अग्ला हिमालमध्ये २ वटा म्याग्दी सहित नेपालमा ८ वटा पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ।

हालसम्म विश्वमा ज्येष्ठ नागरिकले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन्। यसपटक घाइते भएका कार्लोसको अवको आरोहणका बारेमा भने अर्कोपटक हुने नहुने निश्चित छैन्। दुर्घटनामा परेका कार्लोसको अवस्था खतरामुक्त रहेपनि थप खुलाइएको छैन्।  

प्रकाशित: ३ जेष्ठ २०८० १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App