३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अनुसन्धानको केन्द्र रुपमा स्थापित हुदै धिताचौर वनस्पति उद्यान

वनस्पति उद्यान अनुसन्धान केन्द्र। तस्बिर गोल्डेन बुढा जुम्ला ।

जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरमा रहेको वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुन थालेको छ । २०५६ सालमा स्थापित धिताचौर बनस्पति उद्यान साढे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो।  

यस उद्यानमा हिमाली वनस्पतिको खोज तथा अनुसन्धान गर्न विज्ञहरू आउने क्रम बढेको छ। जुम्लाको समुद्र सतहबाट औषत २ हजार ५ सय ४२ मीटर उचाइमा अवस्थित रहेको छ। धिताचौर वनस्पति उद्यानभित्र करिब १ सय ३ भन्दाबढी औषधिजन्य जडिबुटी रोपिएका छन्।दुर्लभ र लोपोन्मुख वनस्पति प्रजातिको स्वस्थानीय तथा परस्थानीय संरक्षण,गर्ने काम गरिरहेको छ। अतिस पदमचाल, सुगन्धवाल र अकरकाडाका गुणस्तरीय बेर्ना उत्पादन तथा वितरण गर्ने गरेको बताइएको छ।  

रैथाने वनस्पतिहरूको पहिचान, सर्भेक्षण,संकलन, संरक्षण, अध्ययन अनुसन्धान,खेती तथा प्रशोधन प्रविधि विकासबाट आय आर्जन र रोजगारी सिर्जना गरी स्थानीय जनताहरूको आर्थिक स्तर उकास्नु यस केन्द्रको प्रमुख उद्देश्य हो। खासगरी यस उद्यानले उपल्लो कर्णाली (जुम्ला, मुगु, कालीकोट, हुम्ला, डोल्पा) जिल्लामा केन्द्रित भएर काम गरिरहेको छ।

अधिकांश व्यक्तिहरू मनोरञ्जनका लागि उद्यानमा आउने गरेका छन्।काठमाडौं, सुर्खेतलगायत ठाउँबाट आयुर्वेद कलेज र विभिन्न विज्ञान संकायका विद्यार्थी प्रयोगात्मक ज्ञान पनि आउने गरेको उद्यान केन्द्र निमित्त प्रमुख तेजबहादुर दर्जीले बताए । उनका अनुसार उद्यानमा ६१ जातको रैथाने वनस्पतिको अनुसन्धान हुने गरेको छ। अतिस खेतीलाई प्रवर्द्धन गर्न उद्यानमै व्यवसायिक खेती गरेको बताए।

उनले भने, 'यहाँ लगाइएका सबै वनस्पतिको व्यवसायिक खेती गर्न सकिन्छ, जसका लागि किसानहरूलाई पनि प्रेरित गरिरहेका छौं।'

उद्यानमा ४८ प्रजातिका जीवाणुहरू, २ वटा नर्सरी र ३ वटा प्रदर्शनी भू–भाग छन्। उद्यानमा भ्यालेरियाना, जटामसी, नियोइपोरहिजा, स्क्रोपोलारिफोलिया, डेल्फिनिय हिमालयीसँगै एप्पल र डेल्फिनियमलगायतका हिमाली अन्तरबाली लगाइएको छ। उद्यानमा हरेक वर्ष 'प्लान्ट रिसर्च' कार्यक्रम पनि सञ्चालन हुन्छ । वैशाख महिना भरी मात्रै १ सय ४१ जना उद्यानमा पुगेका छन्। उद्यानमा बोटानिकाल गार्डेनका साथै कान्जिरोवा हिमालको आकृति बनाइएको छ। फुर्सदिलो समयमा रमाइलोका लागि आन्तरिक पर्यटकहरू आउने गरेको केन्द्रका निमित्त प्रमुख दर्जी बताउँछन।  

वैशाखदेखि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। उनले भने।जंगलको बीचमा रमाइलो ठाउँ भएकोले पनि घुम्न आउने मान्छे बढेको हुन्। उद्यान खुलेको दिन कम्तिमा १ सय ४१ जनाले भ्रमण गरिसकेको जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटकहरुले टिकट बनाउन,फोटो खिच्न पनि त्यहाँ पुग्ने गरेको उद्यानका चौकीदार राजु धितालले बताए उनका अनुसार आगन्तुकहरुका लागि कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दिउँसो १० वजे देखि ४ वजेसम्म खुला गरिन्छ, भने माघ १६ देखि कार्तिक १५ गतेसम्म दिउँसो १० वजे देखि ४ वजेसम्म खुला गरिन्छ।

गुठिचौर–५ धिताका स्थानीय भुवन धितालले वनस्पति उद्यान अनुसन्धान केन्द्र मात्र नभएर एक पर्यटकीय गन्तव्य भएको बताए । यो जुम्ला आएका हरेक व्यक्तिले एक पटक घुम्नैपर्ने ठाउँ हो।उनले भने तर उद्यान हेर्न आउने मान्छेको भीड लाग्ने गर्दछ। उनका अनुसार धिताचौरलाई पिकनिक स्पोर्टका रुपमा पनि विकास गरिएको बताए।यो पिकनिक स्पोर्ट मात्र नभएर सबैलाई आनन्द बनाउने र ज्ञान दिलाउने थलो पनि हो।विदेशी अनुसन्धानकर्ता र विज्ञहरूलाई भित्र्याउन सके यहाँका वनस्पति र जडिबुटीको बजार संसारैभरि विस्तार हुन्छ।

प्रकाशित: ३० वैशाख २०८० ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App