१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण

जुम्लाको पातारासी गाउँपालिका –५ मा सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम योजनाको काम गर्दै स्थानीयवासी।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत जुम्लाका स्थानीयले रोजगारी पाएका छन्।

सरकारले बेरोजगारहरुलाई लक्षित गरी सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जिल्लाका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहको रोजगार शाखाले जनाएको छ।

बेरोजगारहरुलाई गाउँमै रोजगारी दिने उद्देश्य अनुसार सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माणमा छ। साे अनुसार बाटो, सडक, चौतारोकाे निर्माण थालिएको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिंजा गाउँपालिकाभित्र ११ वटा योजना छनौट भएको छ। सो योजनाका लागि २ सय ९६ जनाले ४० दिनका लागि रोजगारी पाएका छन्।

कार्यक्रमका लागि आर्थिक वर्ष ०७९/०८० मा ८४ लाख १५ हजार बजेट विनियोजित गरिएको सिंजा गाउँपालिका रोजगार संयोजक इन्द्रराज गिरी बताए। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागी सिंजा गाउँपालिकामा जम्मा बजेट ९० लाख आएको छ।

सोही बजेट भित्र ६ वटा योजना छनोट भई काम संचालन भइरहेका छन्।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन्।

प्रकाशित: २६ वैशाख २०८० ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App