१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मेयरले बिहे खर्च कटाएर उपचार र छात्रवृत्ति कोष स्थापना गर्ने

बेलका नगर प्रमुखले बिहेमा लाग्ने खर्च कटौती गरेर आकस्मिक उपचार कोष तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।

चार दिनअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका नगर प्रमुख अशोक कार्कीले आफ्नो बिहेमा लाग्ने खर्चबाट बिरामीको उपचार गर्न आपत्कालीन उपचार तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

वैशाख २० गते वैवाहिक बन्धनमा बाँधिएका उनले सोमबार सामाजिक सञ्जाल फेसबुक वालमा बिहेमा लाग्ने खर्च रकमबाट कोष स्थापना गर्ने जानकारी गराएका हुन्। कार्कीले बुबा पुष्पबहादुर र आमा तुलसा कार्कीको स्मृतिमा बेलका नगर अस्पतालमा ‘पुष्प-तुलसा आकस्मिक उपचार कोष’ र आफू बाल्यकालमा पढेको बेलका–१ आम्बासीस्थित नारायणदेवजी माध्यमिक विद्यालयमा ‘पुष्प-तुलसा छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने उल्लेख गरेका छन्। कतिपय गरिब, दुःखी र विपन्न परिवारका सदस्यले बिमारी हुँदा न्यूनतम उपचार खर्चसमेत नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्न कोष परिचालन गरिने बताए।

बेलका नगर प्रमुखले बिहेमा लाग्ने खर्च कटौती गरेर आकस्मिक उपचार कोष तथा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्।

‘जन्म, मृत्यु र विवाह हामीले भनेको समयमा नहुने रहेछ। मेरो यो आकस्पिक विवाहमा तपाईं सम्पूर्ण आफन्तजन, नातागोता, शुभचिन्तक कसैलाई बोलाउन नपाएकोमा क्षमा चाहन्छु’, कोष स्थापनाबारे जानकारी दिँदै मेयर कार्कीले लेखेका छन्, ‘त्यसैले मेरो बिहेमा हुने खर्च रकमबाट गरिब, विपन्न जनताको उपचार र गरिब जेहेनदार विद्यार्थीको अध्ययनमा सहयोग गर्न अक्षय कोष स्थापना गर्ने घोषणा गर्दछु।’

कार्कीले बिहेमा हुने गरेको अनावश्यक खर्च र तडकभडकले समाजमा गलत सन्देश प्रवाह हुने भएकाले त्यस्तो परम्परा हटाउन आफैंबाट नयाँ र सिर्जनशील कदम चाल्न यस्तो निर्णय लिइएको पनि उनले बताए। उनले भने, ‘अक्षय कोषको ब्याजबाट अति विपन्न तथा गरिब असहाय परिवार बिरामी हुँदा उपचार गर्न सहयोग गर्ने छु।’

कार्कीले बिहेमा हुने गरेको अनावश्यक खर्च र तडकभडकले समाजमा गलत सन्देश प्रवाह हुने भएकाले त्यस्तो परम्परा हटाउन आफैंबाट नयाँ र सिर्जनशील कदम चाल्न यस्तो निर्णय लिइएको पनि उनले बताए।

त्यसैगरी आफूले बाल्यकालमा पढेको विद्यालयमा अक्षय कोष स्थापना गरेर गरिब जेहेनदार विद्यार्थीलाई माथिल्ला कक्षासम्म अध्ययन गर्न सहयोग गर्ने बताए। कतिपय जेहेनदार हुँदाहुँदै पनि गरिबीकै कारण पढ्न नपाएका त्यस्ता विद्यार्थीलाई अध्ययन गर्न कोषको ब्याज रकम हस्तान्तरण गर्ने उनको भनाइ छ।

५२ वर्षीय मेयर कार्कीले वैशाख २० गते भोजपुर जन्मथलो भई सुनसरीको इटहरी बस्दै आएकी व्यवसायी ३८ वर्षीया टीकाकुमारी कटुवालसँग लगनगाँठो कसेका छन्।  

प्रकाशित: २६ वैशाख २०८० ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App