७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अपहरणमा संलग्न भनिएका अर्का अभियुक्त सर्लाहीबाट पक्राउ

गत वैशाख ९ गते रौतहटबाट अपहरित युवकको अपहरणमा संलग्न भनिएका अर्का अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। हिरामान महतोको जाहेरीले नेपाल सरकारवादी भई दिपेश भन्ने मन्त्रीबाबु रामसमेत प्रतिवादी रहेको अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फार अभियुक्त साधु लोहारलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।

बलरा नगरपालिका-३ का २० वर्षीय लोहारलाई सर्लाही प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको लागि बुधवार रौतहट पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत वैशाख ९ गने शनिबार बिहान घुम्न जाने भन्दै रौतहटको परोहा नगरपालिका-२ तेजापाकडका गणपत महतोका ३० वर्षीय छोरा हिरामान भन्ने रामकुमार महतोलाई केही मानिसले रौतहटबाट सर्लाही हुँदै भारतीय सीमावर्ती क्षेत्रमा पुर्‍याएको थियो। रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरका खुशीलाल राय यादवका १८ वर्षीय छोरा दिपेश कुमार यादवले महतोलाई बोलाएको र त्यसपछि महतो अपहरणमा परेको थियो।

अपहरणकारीले महतोको बुबा गणपत महतोलाई शनिवार राति पौने दस बजेतिर फोन गरी फिरौती मागेको बताएका थिए। अपहरित युवक महतोले पनि आफू अपहरणमा परेको र फिरौती मागिरहेको बताएपछि गणपत महतोले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीरबहादुर बुढा मगरलाई फोन गरी घटनाको जानकारी गराएका थिए।

प्रहरीले महतोलाई बैसाख १० मा सर्लाहीको सीमावर्ती बलरा नगरपालिकाको भारतीय क्षेत्र बसबिटाकै आसपासबाट उद्धार गरेको थियो र अपहरणमा संलग्न राजदेवी नगरपालिका ६ महनपुरका राम एकबाल कुर्मीका २१ वर्षीय छोरा राजाबाबु पटेलल र माधवनारायण नगरपालिका–६ माधोपुरका दिपेश कुमार यादवलाई पक्राउ गरेको थियो।

घटनामा संलग्न भनिएका अझै केही अभियुक्त फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८० ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App