२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

फाइल तस्वीर

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन्। दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाडौं बजारमा सिसी क्यामेरा जडान गरेको हो।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताए।

मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगरपालिकाको छ।

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन्।

सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए।

आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामेरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ।

आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

उनले भने, ‘प्रहरीले निगरानी गर्ने गरी जडित सिसी क्यामेराले चोरी लगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ।’ 

प्रकाशित: २० वैशाख २०८० ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App