५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एबिसी तार विस्तार

कालिकोटको सदरमुकाम मान्म बजार क्षेत्रमा बिजुलीका नांगा तार हटाई एबिसी तार विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले बजार क्षेत्रमा रहेका बिजुलीका नांगा तार हटाएको हो। वितरण केन्द्रका अनुसार विद्युत् लाइन विस्तारका क्रममा टांगिएका नांगा तार हटाएर एबिसी तार विस्तार गरिएको छ। करेन्टको सुरक्षा, विद्युत् आपूर्तिमा भरपर्दो सेवा र बस्ती सफा हुने भएकाले पहिलो चरणमा मान्म बजारदेखि जिरो प्वाइन्टसम्मको तार फेर्ने काम भएको छ। वितरण केन्द्रका प्रमुख इन्जिनियर विमलप्रसाद शाहका अनुसार एबिसी केबलको एउटा लट्ठाभित्र धेरैवटा तार रहने र तार बाहिरसमेत आवरणले ढाकिएको हुन्छ। ‘मान्म बजार क्षेत्रमा तार फेर्ने काम भएको छ। बजार क्षेत्रका सबै नांगा तार हटाइएको छ। बजार क्षेत्रमा धेरैवटा तार रहँदा फोहर देखिने र एउटै तारको लठ्ठा राखिँदा व्यवस्थित देखिन्छ’, उनले भने।

एबिसी केबलले बजारलाई सुरक्षित र फोहर देखिएको तार व्यवस्थित हुने देखिन्छ। खाँडाचक्रको मान्म बजार क्षेत्रमा रहेका सबै नांगा तार विस्थापित गर्दै आवरणसहितको एबिसी केबल लगाइएको छ। विद्युत् वितरण केन्द्र कालिकोटका अनुसार १४ लाखको लागतमा बजारको जिरो प्वाइन्टमा रहेको २५ केभिएको ट्रान्सफर्मर परिवर्तन गरी सोही ठाउँमा एक सय केभिएको ट्रान्सफर्मर जडान गरिने छ। बजारको माग र विद्युत्को लोडअनुसार उक्त क्षेत्रमा ट्रान्सफर्मर राख्न लागिएको कार्यालयले जनाएको छ ।

प्रकाशित: १९ वैशाख २०८० ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App