२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भोजमा दुई पक्षबीच झडप, तीन घाइते हेलिकोप्टरबाट काठमाडौं लगियो

सिन्धुपाल्चोक— जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन्।  छेवर (ब्रतवन्ध) भोजका निम्तालुबीच विवादपछि झडप हुँदा चार व्यक्ति घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले बताए।

'पुरानो रिसइबीले झगडा भएको बुझिन्छ। घाइते तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौं लगेका छन्'

'पुरानो रिसइबीले झगडा भएको बुझिन्छ। घाइते तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौं लगेका छन्', उनले भने। एक जनाको खाँडीचउरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

भोज खान आएकाहरुबीच साँझ ४ बजेतिर झडप भएको थियो।

प्रकाशित: २४ माघ २०७३ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App