१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी

चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले  निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ।

निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले बताए।

बिकले लुटेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पनि आचार्यले जानकारी दिए। 

मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्। त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो।

साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको थियो।  

प्रकाशित: १७ वैशाख २०८० ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App