तिलागुफा नगरपालिकाले निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि दोस्रो चरणको अनुगमन तीव्र पारेको उपमेयर महेन्द्रबहादुर शाहीले जानकारी दिए।
शाहीका अनुसार हालसम्म पूर्वाधार विकासअन्र्तगतका ८० प्रतिशत योजनाको अनुगमन गरिसकिएको छ। उपमेयर तथा अनुगमन समिति संयोजकले ५ लाखभन्दा माथिका योजनाहरूको अनुगमन गरिरहेको छ भने ५ लाखभन्दा कमका योजना वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।
उपमेयर महेन्द्रबहादुर शाहीका अनुसार नगरपालिकाको वडा नम्बर ७ को मोसे खोल्ला तटबन्धन, कालिका मन्दिर निर्माण, कालिका मन्दिरदेखि रावतबाडासम्म पिसिसी बाटो, वडा नम्बर ८ को ओखरभिटा पिसिसि बाटो, वडा कार्यालय भवन निर्माण, स्वास्थ्य चौकी पर्खाल निर्माण, हेर्नेमाडु आवि भवन निर्माण, सरस्वती विद्यालय फिल्ड मर्मत, वडा नम्बर ९ को जुठेलोसहितको २५० घरमा करेसा बारी निर्माण, इस्टदेव मन्दिर निर्माण, शिवालय मावि भवन, फिल्ड निर्माण, शिवालय सिँचाइ कोलो, पिलचैर सडक निर्माण, पातिकाल्ना सिँचाइ कुलो, वडा नम्बर १० को महादेव मावि फिल्ड निर्माण वडा कार्यालयदेखि माथिल्लो रुरुसम्म पिससि बाटो निर्माण, रानाबाडा पिसिसी बाटो निर्माण,कालिका मन्दिर निर्माण,रुरुदेखि बन्चु सम्म बाटो निर्माण,रुरु देखि गोरेटो बाटो निर्माण,वडा नम्बर ११, वडा कार्यालय भवन निर्माण,जनता आवि सौचालय निर्माण, ढिम्नेया पिसिसी बाटो, ढिम्नेया सिँचाइ कुलो, घट्टेखोला विद्युत् निर्माण, वडा नम्बर ६ को क्याम्पस भवन निर्माण, सत्यदेखि फिल्ड निर्माण, गाल्गेसाँगु रेलिङसहितको पिसिसी बाटो, जुबिथा जाने पिसिसी बाटो, सत्यदेवी आवि फिल्ड निर्माण, अम्मराजा मावि फिल्ड निर्माण, सत्यदेवि मावि खानेपानी निर्माणलगायतका योजनाको प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो।
नगरपालिकामा भएका जम्म ५९ योजना निर्माण अन्तिम चरणमा रहेको र केहीको भुक्तानीसमेत गरिसकेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायाले बताए।
अनुगमनले गुणस्तरीय कायम हुने विश्वास
स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको उपमेयर महेन्द्रबहादुर शाहीले बताए।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि दोस्रो चरणको अनुगमन तीव्र पारेको उपमेयर महेन्द्रबहादुर शाहीले जानकारी दिए।
उनले भने, ‘यसरी हरेक क्षेत्रको काम हुँदै गर्दा अनुगमन गरेपछि काम गुणस्तरीय हुने र केही कमी कमजोरी भएमा तत्काल सुधार गर्न सकिन्छ।’
अनुगमनपछि उपभोक्ताबीच काम पारदर्शी हुनुका साथै कामप्रति सरोकारवाला निकाय, उपभोक्ता समेत जवाफदेही हुने उनको विश्वास छ। यो वर्ष ८० प्रतिशतभन्दा माथि योजनाको काम गुणस्तरीय हुनेछ। यसले समयमै सम्झौता नहुँदा रकम फ्रिज जाने थितिलाई सुधार ल्याउने उनले बताए।
प्रकाशित: १७ वैशाख २०८० ०२:२२ आइतबार