४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जाल्पाका दलित र विपन्नलाई जस्तापाता

जस्तापाता पाएका स्थानीयसँग वडाध्यक्ष मानबहादुर राई (बायाँ दोस्रो)। तस्बिर: महेश्वर/नागरिक

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्। वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार अति विपन्न, दलित र आदिवासी जनजाति समुदायका आधा दर्जन घरधुरी परिवारलाई फुसका छाना हटाउन निःशुल्क जस्तापाता वितरण गरिएको हो।

वडाध्यक्ष मानबहादुर राईले आगलागीबाट बच्न तथा बर्सेनि छाइरहनुपर्ने झन्झटबाट मुक्ति दिलाउन गरिब, विपन्न र दलित समुदायलाई जस्तापाता वितरण गरिएको बताए।

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्।

उनका अनुसार वडाको ‘फुसको छानो विस्थापन कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०७९/८० को नगर सभाबाट स्वीकृत वडागत बजेटबाट सो जस्तापाता वितरण गरिएको हो।

वडाको २ लाख बजेटबाट चालु वर्षको पहिलो चरणमा ६ घरधुरीलाई जस्तापाता वितरण गरिएको उनले बताए।

राईका अनुसार वडाका ३ घर दलित तथा तीन घर आदिवासी जनजाति परिवारलाई छाना छाउन जस्तापाता वितरण गरिएको छ। जस्तापाता पाउनेमा दलिततर्फ जाल्पा चिलाउने कुसुमटारका मानबहादुर कामी, शाही खोलाका मेघमाया विक र भोर्लेका लक्ष्मी परियार रहेका छन्।

वडाको २ लाख बजेटबाट चालु वर्षको पहिलो चरणमा ६ घरधुरीलाई जस्तापाता वितरण गरिएको उनले बताए।

त्यसैगरी विपन्न तथा आदिवासी जनजातितर्फ धरापेका उपेन्द्र राई र प्रकाशकुमार राई तथा सिँदालीका पवित्रा समालमगर रहेका छन्। उनीहरूलाई बुधबार बोलाएर वडाध्यक्ष राईले जस्तापाता वितरण गरे।

वडा सचिव महेश खनालले वडाको लक्षित वर्गतर्फको दलित तथा आदिवासी जनजातिगत बजेटबाट स्वीकृत कार्यक्रमअनुसार जस्तापाता वितरण गरिएको बताए।

उनका अनुसार प्रति घरपरिवारले तीन बन्डलका दरले हरियो रङका जस्तापाता पाएका छन्। १६ नं वडा कार्यालयले ‘सुरक्षित नागरिक आबास सहयोग कार्यक्रम’ बनाएर बर्सेनि रंगीन जस्तापाता वितरण गर्दै आएको छ, जसअनुसार वडाबाट फुसका छाना विस्थापित गर्ने योजना बनाएर जस्तापाता वितरण गर्ने गरिएको छ।

वडा सचिव महेश खनालले वडाको लक्षित वर्गतर्फको दलित तथा आदिवासी जनजातिगत बजेटबाट स्वीकृत कार्यक्रमअनुसार जस्तापाता वितरण गरिएको बताए।

गत वर्षदेखि जस्ता वितरण गर्दै आएको वडाले आगामी दुई वर्षभित्र १६ नं वडाबाट सबै घरमा फुसका छाना विस्थापित गरिसक्ने योजना बनाएको खनालले बताए।

प्रकाशित: १६ वैशाख २०८० ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App