२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बीपी कोइराला स्वास्थ्यविज्ञान उपकुलपतिविहीन

विराटनगर- धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपकुलपति खाली भएको महिना दिन पुगेको छ। उपकुलपतिविहीन हुँदा प्रतिष्ठानको नियमित काम प्रभावित भएको छ।

आफूअनुकूलको व्यक्ति ल्याउन राजनीतिक दलबीच खिचातानी भइरहेकाले उपकुलपति नियुक्तिमा ढिलाइ भएको हो। उपकुलपतिमा दाबी गरेका १६ जनासित स्वास्थ्य मन्त्रालयले लिखित कार्ययोजना मागिसकेको छ। २३ वर्षदेखि आर्थिक र प्रशासनिक समस्या झेलिरहे पनि अहिले सुधारोन्मुख भएका बेला बाहिरबाट उपकुलपति ल्याए फेरि धराशयी हुने तर्कसहित प्रतिष्ठानभित्रबाटै उपकुलपति नियुक्त गर्न स्वास्थ्य मन्त्रालयलाई दबाब परेको छ।

स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखामा उपकुलपति हुन १६ जनाले १० पृष्ठको कार्ययोजनासहित दरखास्त हालेका छन्। दरखास्त दिनेमा डा. गौरीशंकर साह, डा. नीलाम्बर झा, डा. रुपा राजभण्डारी, डा. प्रह्लाद कार्की, डा. संगीता भण्डारी र डा. अरविन्दकुमार सिन्हा छन्। यस्तै डा. गुरुप्रसाद खनाल, डा. जगन पाण्डेय, डा. विक्रमप्रसाद श्रेष्ठ, डा. राजकुमार रौनियर, डा. विश्वनाथ यादव, डा. केशवप्रसाद सिंह, डा. रामेशराज कोइराला, डा. बलभ›प्रसाद दास, डा. चन्›शेखर अग्रवाल र डा. ज्ञानेन्› गिरीले पनि दरखास्त हालेका छन्।

यीमध्ये पाण्डेय, सिंह, कोइराला र गिरी प्रतिष्ठानबाहिरका हुन्। त्यस्तै डा. प्रह्लाद र डा. संगीता श्रीमान्–श्रीमती हुन्। स्रोतका अनुसार स्वास्थ्यमन्त्री गगन थापा कोइरालालाई उपकुलपति बनाउने दाउमा छन्। सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत कोइराला कनिष्ठ डाक्टर हुन्। प्रशासनिक काममा समेत दक्खल नराख्ने कोइराला नन–एकेडेमिक हुन्।

कसलाई उपकुलपति नियुक्त गर्ने भन्नेमा स्वास्थ्यमन्त्रीको दल कांग्रेसभित्र पनि विवाद छ। मन्त्री थापाको गुटका नेता कृष्णप्रसाद सिटौलाले डा. अग्रवाललाई उपकुलपति बनाउन दबाब दिइरहेका छन्। बीपी प्रतिष्ठानमै कार्यरत अग्रवाललाई महिला बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा एक ग्रेड रोक्का भएको थियो।

प्रतिष्ठानभित्र भने यही कार्यरत पुरानालाई अवसर दिनुपर्ने माग बढेको छ। ‘बाहिरबाट आउने व्यक्तिले प्रतिष्ठान सम्हाल्न सक्दैन,’ बीपी प्रतिष्ठानका एक अधिकारीले भने, ‘यहाँका समस्या बुझेका र त्यसलाई समाधान गर्ने व्यक्तिको खाँचो छ।’ जनआन्दोलनपछि लथालिंग बनेको प्रतिष्ठानलाई ‘ट्र्याक’ मा ल्याउन धेरै समय लागेको दाबी गर्दै उनले भने, ‘प्रतिष्ठानले अहिले गति लिएको छ, त्यसलाई निरन्तरता दिन पनि उपकुलपति भित्रकै व्यक्तिलाई बनाउनुपर्छ।’

स्वास्थ्य मन्त्रालयले मागेको कार्ययोजनाको पनि सही मूल्यांकन हुनुपर्ने प्रतिष्ठानभित्रका सिनियर डाक्टरको माग छ। ‘यो त परीक्षा लिएजस्तै भयो,’ एक डाक्टरले भने, ‘परीक्षार्थीको बायोडाटा र कार्ययोजनाको सही मूल्याकंन हुनुपर्छ।’

प्रकाशित: २२ माघ २०७३ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App