५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग

दिगो विकासका लागि राष्ट्रिय युवा सन्जाल,नेपालले आयोजना गरेकाे आठौं राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गरेको छ।

चितवनमा भएको सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्ने, वातावरण संरक्षण सीप प्रवर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गरेको हो।

यसैगरी अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवा वर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा टिडिएचका प्रतिनिधि मोनि श्रेष्ठले सबैको हातेमालोले युवा र  वातावरण मैत्री समाज निर्माण गर्ने सकिने  आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरण अभियनता  श्याम कृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताइन्।

वातावरणीय अधिकार र जलवायु न्याय एलायन्सका राष्ट्रिय  संयोजक अमृत देवकोटाले युवाहरुलाई  सामाजिक उद्यमशीलतामा जोड्दै वातावरणीय अधिकार र जलवायु न्यायको क्षेत्रमा क्रियाशिल बनाउनु आजको मुख्य आवश्यकता रहेको बताए। 

३ दिन चितवनमा सम्पन्न सम्मेलनको उद्घाटन वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले गरेकी थिइन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले युवाहरुलाई स्वागत गर्दै जैविक विविधता संरक्षणमा युवाको भुमिका बारे प्रस्ट्याएका थिए।

सम्मेलनको समापनमा बागमती  युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई संगठित बनाउदै रोजगारी र उद्यमशीलता संगै जोड्नु पर्ने र प्रयत्न भैरहेको बताए।

युवा नीतिको परिमार्जनको लागि सात वटै प्रदेशबाट आएको युवाहरुबाट सुझाव संकलन गरि राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य जगदीश ऐरलाई हस्तान्तरण गरिएको थियो।  

कार्यक्रममा देशैभरिबाट ८० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो। 

प्रकाशित: १४ वैशाख २०८० १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App