२ असार २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटना बढेको भन्दै कोदोहवा चौराहाको सडक अतिक्रमण तत्कालै हटाइने

कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइने भएको छ।

कोदाहवा चौराहाको सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रण हटाउन निर्णय गरिएको हो।

यसअघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थियो। राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कार्यविधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय बैठकमा सो निर्णय गरिएको हो।

प्रजिअ शंकर हरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सडक दुर्घटना र अवरोध भएको अवस्थामा सबै निकाय बिच समन्वय गरी आवस्यक ब्यवस्था मिलाउने निर्णय गरिएको छ। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले समिते निर्णय गरेकोले आउने आइतबार सम्म कोदाहवाको अतिक्रण हटाइने बताए। आधा दर्जन जति घर टहरा सडक मै रहेकोले कोदहवा चौराहामा दुर्घटना हुने गरेकोले त्यहाको अतिक्रण हटाइने उनले बताए।

यस्तै भवनी भिक्षुदेखि बहादुरगंज तर्फ जाने चौराहा सम्मको सडक निर्माण कार्य सुस्त भएको, ठाउ ठामउा खल्टा खुल्टी भएकाले त्यसको ब्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिइने उनले बताए। समितिले सडकमा रहेको अटो रेक्सा र फुटपाट फलफुल र अन्य पसलको समेत ब्यवस्थापन गर्न पालिकालाई जिम्मेवारी दिएको छ। कृष्णनगरबाट भित्रने भारतीय सवारी साधनलाई तौलिहवामा यातायात ब्यवस्थाको सेवा कार्यालय हुदा अस्थायी रुट परमिट लिन गाह्रो परेकोले त्यसको ब्यवस्था यथाशीघ्र गर्न पलह गर्ने निर्णय गरिएको छ।

सडक क्षेत्रमा रहेको खल्टा खुल्टीले दुर्घटना निम्त्याएको भन्दै त्यसको ब्यवस्थान समेत गर्न जिम्मेवार निकायले गर्ने बाटोमा रहेको सुखेका रुखले समते दुर्घटना हुन सक्ने भन्दै त्यसको समते ब्यवस्थापन गर्ने निर्णय गरिएको छ। सडक डिभिजन कार्यालय हुलाकी कार्यालय र पालिका अन्र्गतको सडकलाई ब्यवस्थित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रजिअ शंकर हरि आचार्यले बताए। बैठकमा जिल्ला सुरक्षा निकायका प्रमुख, डिभिजन सडक कार्यालय र हुलाकी सडक कार्यालयका प्रतिनिधि, यातायात ब्यवसायी, पत्रकार लगायतका सहभागीता थियो।  

प्रकाशित: १४ वैशाख २०८० १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App